२०८३ साउन १३ गते बुधबार

च्याम्पियन्स लिगः पहिलो लेगमा सिटी र रियलको बराबरी

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २७
manchester city vs real madrid

काठमाडौं – च्याम्पियन्स लिगको सेमीफाइनल खेलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडसँग १–१ को बराबरी खेलेको छ। मड्रिडस्थित सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा रियलले अग्रता बनाए पनि सिटीले गोल फर्काएपछि खेल बराबरी भएको हो।

खेलको ३६ औं मिनेटमा ब्राजिली फरवार्ड भिनिसियस जुनियरले गोल गरेपछि पहिलो हाफमा घरेलु टिमल एक गोलले अघि थियो। गोलका लागि भिनिसियसलाई कामाभिंगाले पास उपलब्ध गराएका थिए। तर ६७ औं मिनेटमा इल्के गुन्डोगनले दिएको पासमा केभिन डिब्रुएनाले गोल गरेपछि खेल बराबरीमा आएको हो।

इंग्लिस क्लबले रियलविरुद्ध उसकै मैदानमा ५६ प्रतिसत समय बलमा नियन्त्रण बनाउँदै दबाबमा राख्न खोजेको थियो। उसले रियलको पोस्टमा ६ पटक प्रहार पनि गर्यो। तर बाँकी सबै प्रहार गोकिपर थियाउट कोटुवाले बचाएका थिए। उनले हाल्यान्डको दुईका साथै डिब्रुएना र रोड्रिको गोल निकै मुश्किलले बचाएका थिए।

गएराति बराबरी गएपछि सिटी लगातार २१ खेलमा अपराजित छ। एसले पछिल्लो समय टोटेनहममा पराजय बेहोरेपछि हारेको छैन। यता भिनिसियस जुनियरले आफ्ना पछिल्ला २२ खेलमा ११ गोल र ११ एसिस्ट गरिसकेका छन्।

त्यस्तै, उनले गएराति ३६ औं मिनेटमा गरेको गोल नै रियलले पोस्टमा गरेको पहिलो प्रहार थियो। अब यि दुई टिमले दोस्रो लेगको खेल मे १८ मा म्यानचेस्टर सिटीको मैदानमा हुनेछ।

प्रकाशित: २०८० बैशाख २७ गते बुधबार ०८:३१
प्रतिक्रिया

थप समाचार

साफको उपाधि चुम्नबाट चुक्यो नेपाल

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका भएको बंगलादेशविरुद्धको खेलमा नेपाल पराजित भएको छ। घरेलु टोली नेपालले ४-१ गोलले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...

साफ यु-२० च्याम्पियनसिप फुटबल उपाधिका लागि भिड्दै नेपाल र बंगलादेश

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन्। सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन्। सेमिफाइनलमा नेपालले भुटानलाई...

साहारालाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

कपिलवस्तु- नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा साहारा क्लबलाई १–० गोलले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो। पुलिसका लागि शिशिर...

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई   

भोजपुर- प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ। अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो। जितसँगै देराउराली फुटबल क्लबले नगद तीन...

फिफा वरीयतामा नेपाल २ स्थान तल चिप्लियो, दक्षिण एसियामा भारत पहिलो

काठमाडौं– फिफाको विश्व वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान तल झरेको छ। बिहीबार अद्यावधिक भएको नयाँ विश्व वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ। यसअघि नेपाल १७३औँ स्थानमा थियो। नोभेम्बरमा...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना