२०८३ साउन १३ गते बुधबार

विष्नालाई भोकभन्दा सन्तानको भविष्यको चिन्ता छ

 |  रासस
Sanket

रासस

काठमाडौँ, असोज ५
bishna1

बझाङ– करिब दुई किलोमिटर टाढा छ गाउँ। नियमित आवतजावत पनि हुँदैन। कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ। लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ विष्नादेवी बुढाको।

मष्टा गाउँपालिका–६ रिलुकी विष्नाको अगाडि दुःखको पहाड आइलागेको ८ वर्ष जति भयो । ७ वर्षदेखि उनी एकल महिला छिन्। भारतका विभिन्न ठाउँमा मजदुरी गरेर परिवार जीविको धानिरहेका श्रीमान् एक्कासि बिरामी भएर थला परेपछि उनका दुर्दिन सुरु भएका थिए। ‘श्रीमान् बिरामी भएपछि धेरै ठाउँमा उपचार गर्‍यौँ। आफन्तको सहयोगमा धेरै अस्पताल चहार्दा पनि केही भएन। फेरि घर ल्याएको केही समयमै उहाँले प्राण त्याग्नुभयो’, विष्नाले सुनाइन्।

श्रीमान्को निधनपछि विष्नाका सबै सपना अधुरा रहे। बालबालिकाको पढ्ने चाहना पनि बाध्यताको पहाडमै थिचियो। परिवारको सहारा टुट्यो। छिमेकीको भरोसा ढल्यो। ‘उहाँको निधनपछि गाउँलेबाट हरेक कुरामा हेपिँदै आयौँ। गाउँमा बस्ने अवस्था रहेन। त्यसैमाथि घर पनि भत्कियो। अन्धकार दुनियाँबाट बाहिर निस्कन पनि लेकको घरमा बसाइँ सरर्‍यौँ। अहिले यहाँ समाज भएर पनि नभएजस्तै जीन्दगी बिताइरहेका छौँ’, उनले पीडा पोखिन्।

गाउँमा सबैका बालबालिका पढेको देखेपछि आफ्ना सन्तानलाई पनि पढाउने विष्नाको चाहना थियो तर एक गाँस खानैका लागि सङ्घर्ष गर्नुपर्ने उनलाई पेटको भोकभन्दा भविष्यको चिन्ता धेरै लाग्यो। त्यसैले बालबालिकालाई पढाउने सपना सपनामै सीमित रहन पुगेको थियो, अहिले भने गरिब तथा एकल महिला भनेर सङ्घसंस्थादेखि केही मन मिल्ने आफन्तको सहयोगमा गाउँकै आधारभूत विद्यालयमा बालबालिकालाई भर्ना गराएको विष्नाले बताइन्। ‘गाउँमा उब्जनी केही हुँदैन, सबै किनेर खानुपर्छ। पहिले पहिले त साग तरकारी पनि गाउँमा पलाउँथ्यौँ, कैयौँ छाक साग सिस्नोले पनि गुजारा चल्थ्यो। आजभोलि बर्खाबाहेक अरू समयमा पानी पाइँदैन। त्यसैले उब्जनी हुँदैन’, उनले भनिन्।

आफ्नो उब्जनीले तीन महिना मात्रै खान पुग्ने गरेको विष्नाले बताइन्। ‘बाँकी ९ महिना बेसा (अन्न किन्नुपर्ने) अवस्था छ। साउन र भदौ मात्रै अलिकति हरियोपरियो हुन्छ। बाँकी महिना त खडेरी नै हो’, उनले भनिन्। ५६ वर्षीया विष्नाका पाँच सन्तानमध्ये कान्छी हुन् छोरी बिमला। बिमलाले अहिले ७ वर्षमा पाइला टेकिन्। उनी गर्भमा हुँदा नै बुबाको देहान्त भयो।

विष्नाले बुबाको अभाव नहुनेगरी छोराछोरीलाई हुर्काइन्। आफूले जति दुःख पाए पनि छोराछोरीले त्यति दुःख नपाऊन् भन्ने विष्नाको चाहना छ तर अभाव अभावमा गुज्रिएका परिवारलाई दुःख मेटिनु सपना झैँ हुन लागेको उनको कथन छ।

विष्ना अहिले लेकमा बसेर वस्तुभाउ पालिरहेकी छन्। चार सन्तान रिलुकै विद्यालयमा पढ्न जान्छन् भने एक जनालाई वडाध्यक्ष शिवराज बोहराले सदरमुकाम चैनपुरमा आफैँसँग राखेर पढाउन सहयोग गरिरहेकी छन्। ‘गाउँमा सबैका दुःख छन्, विष्नाको परिवारलाई त अझ धेरै नै दुःख छ। बालबालिका पढ्नसमेत नपाएको हुँदा एक जनालाई आफैँसँग राखेर पढाइरहेको छु’, वडाध्यक्ष बोहराले भने, ‘सबै बालबालिकालाई पढाउन सकिएन। गाउँमा धेरै बालबालिका शिक्षाबाट वञ्चित छन्। त्यसैमा पनि अति धेरै पीडा विष्नालाई भएको हुँदा एक बाबुलाई मैले पढाइरहेको छु।’

यी समस्या त छँदै थिए, गत वर्ष असोज १६ गतेको भूकम्पले लेकको छानोमा समेत क्षति पुर्‍याएपछि पीडामाथि थप पीडा थपियो। ‘पीडै पीडा भइरहेका बेला फेरि भूकम्पले पीडा दियो,’ विष्नाले भनिन्, ‘आफ्नो भाग्यमा खुसी भन्ने लेखेकै रहेनछ! एउटा च्यातिएको त्रिपालको सहारामा एक साता खुला ठाउँमा काट्यौँ। पालिकाले अरू भूकम्पपीडितका जस्तै हाम्रो लागि पनि सानो टहरा बनाइदिएपछि केही सहज भयो।’

भूकम्प आएपछि धेरैले सहयोग गर्ने वचन दिएको उनी सम्झिन्छिन्।‘धेरैले सहयोग गर्ने भने पनि एउटा संस्थाले रु १५ हजार सहयोग गर्‍यो। सोही रकमबाट चामल किनेर चार/पाँच महिनासम्म खायौँ। अरू समस्या त छँदै थियो। बासकै पनि समस्या थपिएपछि घर न घाट जस्तै भएका थियौँ। पछि स्थानीय सरकारको समन्वयमा टहरा पाएका छौँ। बस्ने व्यवस्था भएको छ,’ उनले भने।

प्रकाशित: २०८१ असोज ५ गते शनिवार ०६:४८
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना