भारतको दिल्ली प्रदेशमा आम आदमी पार्टीकी नेतृ आतिशीले मुख्यमन्त्रीमा शपथ लिएकी छिन्। उनलाई शनिबार उपराज्यपाल वीके सक्सेनाले शपथग्रहण गराएका छन्।
अरविन्द केजरिवालले जेलबाट छुटेपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि ४३ वर्षीया आतिशी मुख्यमन्त्री बनेकी हुन।
आतिशीका साथै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले मन्त्री पदको शपथ लिएका छन्।
दिल्लीमा आतिशीभन्दा अघि महिला मुख्यमन्त्री भाजपाकी सुष्मा स्वराज र कांग्रेस आईकी शिला दीक्षित बनेका थिए।
आतिशी दिल्लीकी तेस्रो महिला मुख्यमन्त्री बनेकी हुन्।
