२०८३ कार्तिक १३ गते बिहिबार

‘फेक न्युज’को सिकार भए दुर्गा प्रसाईं, रास्वपाकी ज्वालाको जाहेरीमा पुगे हिरासत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ६
durga_prasain_samarthak (3)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका (ज्वाला) प्रसाईंको उजुरीमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।

साइबर ब्युरोबाट खटिएको टोलीले भक्तपुर कमेरेटारस्थित प्रसाईंको निवासबाटै पक्राउ गरेको हो।

साइबर ब्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म बाहिरै बसेको थियो।

प्रहरीले ढोका खोल्न आग्रह गरेपनि प्रसाईले अटेर गरेर बसेका थिए।

ढोका नखोली भित्रबाट अपशब्दसमेत प्रयोग गरिएको थियो।

यसपछि प्रहरी भर्‍याङ लगाएर घरको कम्पाउन्डमा प्रवेश गरी पक्राउ गरेको थियो।

प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौँबाट प्रसाईंलाई पक्राउ गर्न अनुमति लिएको थियो।

असोज २ गते बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलासले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

प्रसाईसहित उनीसँगै रहने युट्युबरद्वय प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेलाई पक्राउ गर्न प्रहरीले अनुमति लिएको थियो।

उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति लिएको हो।

प्रसाईंलाई म्याद थप गर्नका लागि सोमबार नै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।

उनलाई अदालत लग्ने क्रममा अवरोध गर्न खोज्ने ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।

संग्रौलाले भदौ ९ गते प्रहरीमा उजुरी दिएकी छन्। प्रसाईंले आफ्नो चरित्रहत्या गरेको संग्रौलाको उजुरीमा उल्लेख छ।

प्रसाईंले युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै ज्वालामाथि विभिन्न लाञ्छना लगाएका थिए। तर ती आरोपका कारण आफ्नो चरित्रहत्या भएको भन्दै संग्रौलाले उजुरी हालेकी हुन्।

त्यसको केही दिनअघि कान्तिपुरको मास्टहेड दुरुपयोग गर्दै ज्वालाविरुद्धको फेक पोस्ट भाइरल बनाइएको थियो। त्यही फेक पोस्टलाई विश्वास गर्दै प्रसाईंले संग्रौलालाई लाञ्छना लगाएका थिए।

केही समयअघि ‘जापानमा वेश्यावृत्तिमा संलग्न भनिने ज्वाला संग्रौला’ भन्ने टाइटल राखेर उनको तस्विरसहित फेक पोस्ट तयार पारिएको थियो। उक्त सामग्रीलाई ज्वालाका विरोधीले सामाजिक सञ्जालमा हाले।

तर कान्तिपुरले त्यस्तो समाचार सामग्री कहिल्यै प्रकाशन नगरेको प्रमाणित भइसकेको छ। आफ्नो अन्तर्वार्तामा प्रसाईंले ज्वालाको नाम नलिइकन ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनी आरोप लगाएका थिए।

‘कोही जापानमा वेश्यावृत्ति गर्ने, कुनै पार्टीको केन्द्रीय सदस्य भका छन्। जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन?,’प्रसाईले भनेका थिए, ‘त्यस्ता मान्छे फेसबुक स्टाटसमा लेखेर दुर्गा प्रसाईलाई हल्लाउन खोज्छन्। वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाईं हल्लिँदैन।’

आफूले विदेशमा अप्ठेरोमा परेकाहरूलाई सहयोग गर्दा पनि ज्वालाले विरोध गरेको प्रसाईंको आरोप थियो। ‘मैले लाश ल्याउँदा सुन ल्याएँ रे! जेलमा बसेको त्या भाइहरुलाई उतै मर्न दिनुपर्ने रछ नि! अब गर्ने कि नगर्ने! तिनीले गरुन्। त्यही जापानमा वेश्यावृत्ति गर्नेले गरुन् नि,’ संग्रौलामाथि प्रसाईंको आरोप थियो, ‘अर्कालाई केटी मिलाइदिने, अनि आफू पनि वेश्यावृत्ति गर्ने, रातभरि सात जनासँग चर्ने। त्यसले गर्नु नि! फेसबुकमा लेख्न जानें भनेर हालिछे। यस्ता छन् नयाँ पार्टीका मेम्बर। त्यसको शाखा सन्तानै त्यस्तो हो क्या! आफू केही राम्रो नगर्ने, अर्काको खोइरो खन्ने।’

महिलाको चरित्रहत्या गरेको आरोपमा प्रसाईंविरुद्ध उजुरी परेको यो नै पहिलो पटक भने होइन। यसअघि पनि उनीविरुद्ध उजुरी पर्ने गरेका थिए। २०७५ साउन १० गते पनि मानव अधिकार आयोगमा प्रसाईंविरुद्ध महिलाको चरित्रहत्या गरेको आरोपमा उजुरी दर्ता भएको थियो।

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राको मर्यादामाथि प्रश्न उठाएको र गालीगलौज गरेको भन्दै सामाजिक अभियन्ता जमुना सुवेदी, अम्बिका कार्की तथा राज्यलक्ष्मी श्रेष्ठले प्रसाईंविरुद्ध आयोगमा उजुरी दर्ता गराएका थिए।

प्रसाईंले बंगालादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली महिलामाथि यौन दुर्व्यवहार हुने गरेको आशयको अभिव्यक्ति दिएका थिए। प्रसाईको सो अभिव्यक्तिविरुद्ध सामाजिक संजालदेखि मिडिया र देशको राजनीतिक वृत्तमा बहसको विषय बनेको थियो।

नेपाली महिलाको चरित्र हत्या गरेको भन्दै प्रसाईंलाई गाली बेइज्जती ऐन २०१६ र सार्वजनिक अपराध तथा सजाय ऐन २०२६ बमोजिम दण्ड सजाय गर्न र दुर्गा प्रसाईंलाई जेल चलान गर्नसमेत उजुरीकर्ताको माग थियो।

प्रसाईंमाथि कारबाहीको माग गर्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रिय महिला आयोगमा उजुरी दिएको थियो।

‘प्रसाईंले पत्रकार सम्मेलनमै चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरूलाई त्यहाँका प्रोफेसरहरूले करणी गरी राख्ने’ भन्ने गलत अभिव्यक्ति दिएको भन्दै नेविसंघले कारबाही माग्दै उजुरी दिएको थियो।

महिलाहरूको अस्मितामा धावा बोल्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै नेविसंघकी केन्द्रीय सदस्य जानुका पन्तले आयोगमा उजुरी दिएकी थिइन्।

‘महिलाको चरित्र हत्या गर्ने छुट प्रसाईंलाई कुनै कानूनले दिएको छैन,’ नेविसंघले त्यसबेला जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रसाईंलाई कारबाही नगरी त्यसै छाड्दा उसको उद्दण्ड व्यवहारलाई थप प्रोत्साहन हुन्छ।’

प्रसाईंविरुद्ध उजुरी दर्ता गराउने ज्वाला संग्रौला पनि बेलाबेलामा चर्चामा आइरहन्छिन्।

ज्वाला संग्रौला।

संग्रौला केही समय जापान बसेकी थिइन्। जापानमा रहँदा सामाजिक सञ्जालमा उनले उग्र स्टाटस लेख्ने गर्थिन्। तीनै स्टाटसले उनलाई चर्चामा ल्याएको थियो।

पुरानो साथी खुश्बु (नविता) घिमिरेसँग सामाजिक सञ्जाल फेसबुकमा भएको आरोपप्रत्यारोप प्रहरी वृत्त गौशालासम्म पुगेको थियो।

गौशालामा दुईपक्षबीच छलफल चलिरहेका बेला उनले प्रहरीकै सामुन्ने नवितालाई कुटपिट गरेकी थिइन्। त्यही बेला महाराजगञ्जमा एक प्रहरीविरुद्ध रंगभेदी अभिव्यक्ति दिएपछि पुरानो घटना पनि चर्चामा आयो।

रंगभेदी अभिव्यक्ति दिएको भन्दै ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका असई मणिकान्त झाले पनि उनीविरुद्ध जाहेरी दिएका थिए। त्यसबेला संग्रौला १० हजार धरौटीमा रिहा भएकी थिइन्। २०७८ असार २९ गते काठमाडौँ जिल्ला अदालतले उनीलाई धरौटीमा रिहा गरेको थियो।

प्रकाशित: २०८१ असोज ६ गते आईतबार ०५:४८
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना