काठमाडौं – युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति एसी मिलानले इन्टर मिलानसँग ०–२ को हार बेहोरेको छ। च्याम्पियन्स लिगअन्तगर्त सेमीफाइनलमा पहिलो लेगको खेलमा मिलानले इन्टरसँग हार बेहोरेको हो।
च्याम्पियन्स लिगको इतिहासमा २००५ पछि पहिलो पटक भिडेका मिलान डर्बीको पहिलो खेलमा इन्टरले जित निकालेको हो। ‘हामीले आजको खेलमा निकै प्रतिस्पर्धात्मक पहिलो हाफ खेल्यौँ। तर यो नजित निकै साँघुरो रह्यो,’ खेलपछि इन्टरमा प्रशिक्षक साइमनले भने।
इन्टरलाई जित लिदलाउनका लागि एडिन डिजेको र हेनरिक मिखुतरियनले गोल गरेका थिए। खेलको आठौं मिनेटमा नै डिजेकोले गोल गरेका थिए। उनले गोल गरेसँगै इन्टरले अग्रता बनाएको थियो। त्यस्तै, खेलको ११ औं मिनेटमै हेनरिकले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाएका थिए।
खेलमा ४२ प्रतिसत समय मात्र बलमा नियन्त्रण बनाए पनि इन्टरले जित निकालेको थियो। यता, ५८ प्रतिसत समय बलमा नियन्त्रण बनाए पनि एसी मिलानले गोल गर्न सकेन। अब यि दुई टिमबीचको खेल सान सिरो रंगशालामै अर्को हप्ता हुनेछ।
यि दुई क्लब एउटै रंगशालामा खेल्ने गर्दछन्। यसकारण दुवै टिमको खेल एकै रंगशालामा हुनेछ।


