ललितपुर- ललितपुरको नक्खु खोलामा बाढीमा फसेकाहरूलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ।
बाढीका कारण कैयौँ मानिसहरू फसेपछि हेलिकोप्टरबाट उद्धार थालिएको हो।
उपत्यकाका बागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव छ।
मनोहरा, घट्टेखोला लगायतका खोलाहरुका कारण सडक र बस्ती डुबानमा परेका छन्।
उपत्यकाका आधा भागमा स्थानमा विद्युत् आपूर्ति अवरुद्ध छ।
तस्बिरहरू








