२०८३ कार्तिक ११ गते मङ्गलबार

गण्डकीमा मन्त्रालयको कार्यक्षेत्र निर्धारण गरेपछि मात्र सरकार विस्तार

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

पोखरा, बैशाख २८
surendra_pandey10

पोखरा- विश्वासको मत पाएको एक साता बितिसक्दा पनि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्। मन्त्रालयको संख्या कम भएपनि विभिन्न दल मिली बनेको गठबन्धनबाट मन्त्रीका आकांक्षी बढी हुँदा मन्त्रिपरिषद् विस्तार गर्न मुख्यमन्त्री पाण्डेलाई सकस परिरहेको छ।

मुख्यमन्त्री पाण्डे भने भागबन्डामा समस्या नभएको दाबी गर्दै मन्त्रालयको कार्यक्षेत्र मिलानमा ढिलाई हुँदा मन्त्रिपरिषद् विस्तारको काम धकेलिएको दाबी गर्दै आएका छन्। प्रदेशमा १२ वटा मन्त्रालय पुर्‍याइएपनि हाल ७ वटा मन्त्रालयमा सीमित गरिएकाले कार्यक्षेत्र प्रष्ट पार्नुपर्ने तर यो काममा ढिलाइ भएको उनको दाबी छ।

सत्तारुढ दलको बैठकले हाल मन्त्रालयको कार्यक्षेत्र नमिलेकोले संशोधन गर्ने निर्णय गरेको छ। बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले कार्यक्षेत्र तोक्ने निर्णय पारित गर्ने तयारी गरेको मुख्यमन्त्री पाण्डेले बताएका छन्।

‘मन्त्रालय घटेको राम्रो हो तर मन्त्रालयको काम गर्ने क्षेत्र मिलेको थिएन। मेरो नेतृत्वको सरकारले मन्त्रालयको कार्यक्षेत्र हेरफेर गर्ने तयारी गरेको छ। क्याबिनेट बैठकबाट मन्त्रालयको क्षेत्र मिलानको निर्णय हुन्छ,’ उनले भने।

मुख्यमन्त्रीमा नियुक्त भएकै दिन साताभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गरेका पाण्डेले आधा महिना बित्न लाग्दासमेत सरकार विस्तार गर्न सकेका छैनन्। दलहरुबीच छलफल भइरहेको र केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनले बताए।

‘पहिले कार्यक्षेत्र टुंगो लागेपछि मन्त्रिमण्डल विस्तार हुन्छ,’ उनी भन्छन्, ‘मन्त्रीहरु नियुक्त गर्न कुनै समस्या छैन। तर कार्यक्षेत्र नमिलाइकन मन्त्री नियुक्त गर्दा कार्यक्षेत्र फेरि हेरफेर गर्नुपर्ने हुन सक्छ। त्यसैले जिम्मेवारीसहित मन्त्री नियुक्त हुन्छन्।’ कांग्रेस र माओवादीबीच मन्त्रालयको संख्या र भागबण्डामा कुनै अलमल नरहेको उनको जिकिर छ।

‘मन्त्रालय घटेको राम्रो हो तर मन्त्रालयको काम गर्ने क्षेत्र मिलेको थिएन। मेरो नेतृत्वको सरकारले मन्त्रालयको कार्यक्षेत्र हेरफेर गर्ने तयारी गरेको छ। क्याबिनेट बैठकबाट मन्त्रालयको क्षेत्र मिलानको निर्णय हुन्छ,’ उनले भने।

गण्डकीमा एक जना मात्र सांसद रहेको नेकपा एसले पनि एक मन्त्रालय आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ। मनाङ क्षेत्र १(१) बाट स्वतन्त्र रूपमा निर्विरोध निर्वाचित प्रदेश सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) गत पुसमा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेसँगै केन्द्रीय सत्ता गठबन्धन अनुरुप प्रदेशमा पनि नेकपा एसले मन्त्री पाउनुपर्ने दाबी गर्दै आएको हो।

‘माओवादीलाई २ वटा मन्त्रालय निर्णय भैसकेको छ। अब कांग्रेस र एकीकृत समाजवादीबीच अन्तिम चरणको बसाइ हुन्छ,’ मुख्यमन्त्री पाण्डे भन्छन्, ‘गठबन्धन केन्द्रीय राजनीतिका कारण बनेकोले एकीकृत समाजवादीलाई मन्त्री बनाउने वा नबनाउने भन्ने निर्णय पनि केन्द्रमै हुन्छ।’

एकीकृत समाजवादीले सांसदभन्दा बाहिरबाट मन्त्री बनाउन सक्ने सम्भावनाका विषयमा पनि चर्चा सुरु भएको छ। तर पाण्डेले गैरसांसदलाई मन्त्री नबनाइने बताए। ‘मन्त्रीहरु सांसदबाटै बन्नुहुन्छ। गैरसांसदलाई मन्त्री बनाइँदैन,’ उनले भने। मनाङेले पनि आफूलाई केन्द्रबाटै मन्त्री बनाउने भएकोले प्रदेशमा कुनै छलफल नगरेको बताउँदै आएका छन्।

माओवादीको भागमा परेका दुईमध्ये एक जनालाई मन्त्री बनाइसकेको छ। अर्का मन्त्री रेशम जुग्जाली दोहोरिने लगभग पक्का छ। एकीकृत समाजवादीले मन्त्री पाएको अवस्थामा ४ मन्त्रालय कांग्रेसको भागमा पर्छन्।

हाल कांग्रेसबाट मुख्यमन्त्रीसहित २ जना मन्त्री बनिसकेका छन्। बाँकी २ मन्त्रालयमध्ये नवलपुरका महेन्द्रध्वज जिसीको नाम चर्चामा छ। कांग्रेस सांसदहरू टकराज गुरुङ, डिल्लीराम सुवेदी र दीपेन्द्र थापा मन्त्रीका आकांक्षी छन्। एकीकृत समाजवादीले मन्त्रीमा अडान नछोडे तीनमध्ये दुई जना मात्र मन्त्री बन्ने छन्।

सांसद बिन्दुकुमार थापाले पनि मन्त्री पदमा दाबी गर्दै आएका छन्। कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री भएका बेला आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थापा भौतिक तथा पूर्वाधार मन्त्रालय लिन चाहन्छन्। त्यसो त उनी मुख्यमन्त्रीको आकाङ्क्षी भन्दै संसदीय दलको नेताका लागि चुनाव लडेका पनि थिए।

गत ९ वैशाखमा मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएपछि कांग्रेस नेतृत्वको सरकार आएको हो। २५ पुसमा मुख्यमन्त्री नियुक्त अधिकारीलाई केन्द्रमा एमाले-माओवादीसहितको गठबन्धन बन्दा साथ दिएको माओवादी केन्द्रले गत १० चैतमा एमाले सरकारको साथ छोडेको थियो।

६० सदस्यीय प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल हो। उसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसँग ८, राप्रपा २ र एकीकृत समाजवादीको १ सिट छ।

प्रकाशित: २०८० बैशाख २८ गते बिहिबार ०६:३३
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना