कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत बुधबार नेपाल र युएईबीचको खेल जारी छ। खेलमा नेपाललाई युएईले ३१० रनको शानदार लक्ष्य दिएको छ। नेपालले अहिले ब्याटिङ गरिरहेको छ।
त्रिवि मैदानको खेल हेर्न आज सयौँ दर्शक पुगेका छन्। आजको खेल हेर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि कीर्तिपुर पुगेका थिए। प्याराफिट पुगेका दर्शकका केही तस्बिर नेपाल क्रिकेट संघले लिएको छ।







