काठमाडौं- महालक्ष्मी विकास बैंकले शताब्दी पुरुष सत्यमोहन जोशीका बाल साहित्य पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग गरेको छ। बैंकको सहयोगमा प्रकाशित पुस्तक बुधबार सार्वजनिक गरिएको छ।
जोशीको पुस्तक चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) उनको १०४औं जन्म जयन्तीको अवसरकाबीच लोकार्पण गरिएको हो।
भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्नका साथै शताब्दीपुरुष प्रतिको सम्मान व्यक्त गर्न पुस्तक प्रकाशनमा आर्थिक सहयोग प्रदान गरेको जानकारी दिएको छ।
