काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाएको छ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य घटाएर समायोजन गरिएको निगमले जानकारी दिएको हो।
पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा (आन्तरिक)मा रु ६ तथा हवाइ इन्धन बाह्यमा प्रतिहजार लिटरमा रु ४५ घटाइएको निगमको भनाइ छ।
यस्तै मट्टीतेलमा प्रतिलिटर रु दुई घटाइएको छ।
एलपी ग्याँसको मूल्य भारतबाट नेरु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमको भनाइ छ।
बाढीपहिरोले सडकमा क्षति गरेको भएपनि इन्धनमा आपूर्तिमा तत्काल समस्या नहुने निमगको भनाइ छ।



