२०८३ कार्तिक १२ गते बुधबार

खाणलाई तत्काल निलम्बन गर्न नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २८
congress meeting
धुम्बाराहीमा कांग्रेस नेताहरूको छलफल। फाइल तस्बिर

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय बालकृष्ण खाणलाई पार्टीले तत्काल कारबाही नगर्ने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा खाणले अनुसन्धानमा सहयोग गरेको निष्कर्ष निकाल्दै तत्काल उनलाई निलम्बन गर्न नपर्ने निष्कर्ष निकालेको हो।

खाणलाई निलम्बन गर्नुपर्ने विषयमा महामन्त्री गगन थापाले प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र कानुनमन्त्रीसमेत रहेका पार्टीका उपसभापति धनराज गुरुङले समर्थन जनाएपनि सभापति देउवाले कुनै प्रतिक्रिया नदिएको बैठकमा सहभागी एक पदाधिकारीले बताए।

बैठकबाट बाहिरिने क्रममा सहमहामन्त्री जीवन परियारले खाणले अनुसन्धानमा सहयोग गरेको बताए। केन्द्रीय सदस्यबाट निलम्बन गर्न विषयमा छलफल भएपनि तत्काल निर्णय नलिइएको उनको भनाइ थियो।

‘बुटवलबाट काठमाडौँ आएको दोस्रो दिन उहाँलाई निवासबाटै प्रहरीले पक्राउ गरेको छ। उहाँले अनुसन्धानमा सहयोग गर्नु भएको छ। हामीले यो कुरालाई पनि हेर्नुपर्छ,’ परियारले भने। कांग्रेस दोषीलाई उम्काउने पक्षमा नभएको पनि परियारको भनाइ थियो। अदालतको फैसलापछि खाणका विषयमा पार्टीले निर्णय लिने परियारको भनाइ छ।

नेपाली कांग्रेसको विधानअनुसार पदाधिकारी बैठकले मात्र कुनै पनि निर्णय लिन सक्दैन। निर्णयका लागि कार्यसम्पादन समिति वा केन्द्रीय समितिले निर्णय गर्नुपर्ने हुन्छ।

यही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सांसदसमेत रहेका एमाले सचिव पार्टीका जिम्मेवारीबाट निलम्बन गरिसकेको छ। यसपछि कांग्रेसले पनि खाणलाई निलम्बन गर्ने अपेक्षा गरिएको थियो।

प्रकाशित: २०८० बैशाख २८ गते बिहिबार ०९:४८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना