२०८३ कार्तिक १२ गते बुधबार

नेपालमा आर्ट फिल्मलाई सधैँ ‘विपत्ति’

 |  समर्पण श्री
Sanket

समर्पण श्री

काठमाडौँ, असोज १५
aankha_sahit

काठमाडौँ– फिल्म निर्माता अर्जुन कुमारको फिल्म ‘चपली हाइट-३’ २०७६ साल चैत २७ गते रिलिजको तयारीमा थियो।

तर रिलिज हुन नपाउँदै देशभर कोरोना फैलियो। लकडाउनले हलहरू बन्द भए। त्यसपछि ‘चपली हाइट ३’का लागि दिनहरू सहज भएनन्। पटक–पटक रिलिज मिति सरिरह्यो। रिलिजको समयमा पनि कोरानाको तेस्रो लहर फैलियो र स्थगित गर्नुपर्यो। अन्तत: दोस्रो रिलिजसम्म आइपुग्दा निर्माण टिमसँग उत्साह हराइसकेको थियो।

संयोग भनौँ, अर्जुनकुमारको अर्को फिल्मले पनि उस्तै नियति भोग्नुपर्यो। गत शुक्रबारबाट उनले निर्माण गरेको फिल्म ‘सानो संसार’ प्रदर्शनमा आयो। तर प्रदर्शनमा आएको दिनदेखि नै देशभर अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भयो। रिलिजको २ दिनसम्म हल सुनसान भएपछि अर्जुनकुमारले सूचना जारी गर्दै फिल्म स्थगित गरे। उनी अब दसैंपछि फिल्म पुन: रिलिजको तयारीमा छन्।

‘सानो संसार’सँगै प्रदर्शन भएको फिल्म ‘आँखा’को पनि नियति उस्तै रह्यो। हलमा दर्शक नभएपछि निर्देशक तथा निर्माता जोन योञ्जनले फिल्म स्थगित नै गर्नुपर्यो। झट्ट हेर्दा फिल्म स्थगित हुनुको कारण प्राकृतिक प्रकोप देखिन्छ। के प्रकोप नभएको भए यी फिल्म हेर्न हलमा दर्शकहरू खचाखच हुन्थे त?

नेपाली फिल्म क्षेत्रमा फिल्म पारखीहरूले फिल्मलाई दुई धारमा बाँडेका छन्– ‘कमर्सियल’ र ‘आर्ट’।

अघिल्ला उदाहरण हेर्ने हो भने ‘आर्ट फिल्म’हरूले रिलिजको समयमा सधैँ ‘प्रकोप’ नै भोग्नुपर्छ। हल सञ्चालकहरूले शो निकै कम दिन्छन्। छुट्याइएका शो पनि दर्शकका लागि अनुकूल समय पर्दैन।

एकाध फिल्मबाहेक चाहे प्रकोप होस् वा सामान्य अवस्था। ‘आर्ट फिल्म’हरूले उस्तै नियति भोग्नु परिरहेको उदाहरण थुप्रै छन्।

चाहे ३ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ होस् वा ‘राधा’। हल सञ्चालकहरूले शो कम दिएपछि अभिनेता प्रदीप खड्काले चोकचोकमा प्रोजेक्टर लगेर भए पनि दर्शकहरूई फिल्म देखाउँछु भन्ने अभिव्यक्ति दिएका थिए। ‘राधा’का निर्देशक सुवर्ण थापाले फिल्म स्थगन नै गरेका थिए। पछि रि–रिलिज गर्ने भनिए पनि उक्त फिल्म पुन: हलमा लागेन।

फिल्म ‘ऐना झ्यालको पुतली’को हकमा त सोही फिल्मका वितरकले बलिउड फिल्म ‘ब्रह्मास्त्र’ भित्र्याए। रिलिजको अघिल्लो दिनसम्म पनि शो तय भएन। फिल्मका निर्देशक सुजित बिडारी, निर्माता रामकृष्ण पोखरलले पत्रकार सम्मेलन गरेरै हलसँग विद्रोह गर्नुपरेको थियो।

फिल्मले तारिफ बटुले पनि दर्शक संख्या भने न्यून थियो। अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा राम्रो समीक्षा पाएको फिडेल देवकोटा निर्देशित फिल्म ‘रेड सुटकेश’ केही महिनाअघि नेपालमा प्रदर्शनमा आयो। तर दर्शकहरू हलमा निकै कम थिए। फिल्म छोटो समयमै हलबाट बाहिरियो।

निर्देशक मीन भामले फिल्म ‘साम्बला’को प्रिमियर तामझामका साथ गरे। बलिउडका चर्चित निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्वीकीका आमन्त्रण गरे।  तर हलमा रिलिज भएपछि क्रेज अनुसारको दर्शक फिल्मले पाएन।

एकाध फिल्मबाहेक चाहे प्रकोप होस् वा सामान्य अवस्था। ‘आर्ट फिल्म’हरूले उस्तै नियति भोग्नु परिरहेको उदाहरण थुप्रै छन्।

किन चल्दैनन् आर्ट फिल्म?
हुन त बलिउडमै पनि आर्ट फिल्महरूले हलभन्दा बढी प्राथमिकता ओटीटी प्लेटफर्ममा पाउँछन्। हलमा मसलेदार फिल्मको दर्शक गइरहँदा ओटीटीमा भने आर्ट फिल्मका दर्शकहरूले फिल्मलाई सुरक्षित गर्छन्। तर नेपालमा ओटीटी प्लेटफर्म प्रभावकारी बनिसकेको छैन।

‘आर्ट फिल्म’ प्रोड्युस गरिरहने प्रोड्युसर रामकृष्ण पोखरेल बाहिरी फेस्टिभलमा आफ्नो फिल्म जाँदा र नेपालका हलमा रिलिज गर्दाको माहोल फरक पाउँछन्। किनकि यहाँ न हलवालाले फिल्मलाई सहयोग गर्छन् न वितरकले।

उनलाई लाग्छ, नेपालको सिस्टम नै फिल्मकर्मीहरूको हितमा छैन।

‘यहाँको सिस्टमले प्रोड्युसरलाई कहिले नाफा हुनै दिँदैन,’ रामकृष्ण भन्छन्। ‘हाम्रो आर्ट फिल्मलाई न टेलिभिजनले सपोर्ट गर्छ न हलवालाले। दर्शकले चाहेर पनि फिल्म हेर्न पाउँदैनन्। जो हेर्ने जमात हो उनीहरूले काम गर्ने टाइममा फिल्मको शो हुन्छ,’ उनी आफ्नो फिल्म रिलिज हुँदाको प्रसँग सम्झँदै भन्छन्।

अर्को चाहिँ नेपालका अधिकांश दर्शक फिल्म मनोरञ्जनका लागि हेर्छन्। ‘हाम्रोमा फिल्म संस्कृति छैन। फिल्म आर्ट हो बुझाइ कम छ। र नेपालमा मात्र नभई संसारभर नै ठूलो जमातका लागि फिल्म मनोरञ्जन हो,’ उनी भन्छन्।

नेपाली दर्शकहरू बलिउडको मसलेदार फिल्म हेरेर हुर्किएकाले पनि त्यस्तै फिल्म खोज्ने उनको बुझाइ छ।

निर्माता अर्जुनकुमार आर्ट फिल्म नचल्नुमा मिडियाकर्मीको पनि दोष देख्छन्। ‘पत्रकारहरू चलेका मान्छेको पछि लाग्छन्। नयाँलाई बेवास्ता गर्छन्। दयाहाङको विषय १० चोटिसम्म लेख्छन्। अनमोल केसीले हाँच्छ्यु गरेको पनि लेख्छन्। तर नयाँ प्रतिभाहरू बेवास्ता गर्छन्। यसले पनि फिल्मलाई प्रभाव पार्छ,’ उनी भन्छन्।

‘आँखा’का निर्देशक जोन योञ्जनले हालै आफ्नो फिल्म प्रदर्शन भएपछि अनुभव गरे, ‘जो चिया पसलमा बसेर आर्ट फिल्मबारे गफ दिन्छन्। उनीहरू नै पैसा तिरेर हलमा फिल्म हेर्न जाँदैनन्।’

‘हामी आर्ट फिल्म बनाउनेहरू नै एक अर्काको फिल्मबारे दुई लाइन लेख्न कन्जुस्याइँ गर्छौँ,’ उनी भन्छन्।

जोन अब ‘आँखा’पछि कहिल्यै आर्ट फिल्ममा हात नहाल्ने मनसायमा छन्। ‘जो मान्छेले दु:ख गरेर आर्ट फिल्म बनाउँछ। लगानी नै नउठेपछि कसरी फिल्म चल्छ? त्यसैले अब म कमर्सियल बनाउँछु, ’ उनी भन्छन्।

‘आर्ट’ फिल्ममा आर्ट कति छन्?
हरेक ‘कमर्सियल फिल्म’बाट व्यावसायिक सफलता पाइरहेका अभिनेता तथा निर्माता दीपकराज गिरी ‘आर्ट फिल्म’को दर्शक नेपालमा मात्र हैन विदेशमा पनि कम भएको महसुस गर्छन्।

यद्यपि नेपालमा आर्ट फिल्मको नाममा आर्ट नै नभएको दीपकको भनाइ छ। उनी प्रश्न गर्छन्, ‘नेपाली मेकरहरूले आर्ट फिल्मको नाममा आर्ट फिल्म बनाइरहेका छन् त? विस्तारै कथा भन्नु मात्र आर्ट सिनेमा हो र? हरेक दृश्य हरेक संवादले तान्नुपर्ला नि?’

उनी नेपाली फिल्ममेकरले धेरै फिल्महरू हेर्न बाँकी रहेको बताउँछन्। र दर्शकको बुझाइअनुसारको फिल्म बनाउनुपर्ने कुरामा जोड दिन्छन्।

‘नेपालमा दर्शक संख्या नै कम छन्। त्यसमाथि पहिले त दर्शकलाई नै बानी पार्नुपर्यो। हामी पो तयार छौँ। दर्शक तयार छन् कि छैनन् ख्याल गर्नुपर्यो,’ उनी भन्छन्, ‘तीन कक्षा पढ्ने बच्चालाई १० कक्षाको किताब पढाए जस्तो पो भाको हो कि?’

प्रकाशित: २०८१ असोज १५ गते मङ्गलबार १०:५७
प्रतिक्रिया

थप समाचार

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...

१५ वर्षपछि दशैँ गीतमा सुरेश अधिकारीको ‘कमब्याक’, चल्ला पुरानै जादु?

दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना