२०८३ साउन १३ गते बुधबार

नेपालमा आर्ट फिल्मलाई सधैँ ‘विपत्ति’

 |  समर्पण श्री
Sanket

समर्पण श्री

काठमाडौँ, असोज १५
aankha_sahit

काठमाडौँ– फिल्म निर्माता अर्जुन कुमारको फिल्म ‘चपली हाइट-३’ २०७६ साल चैत २७ गते रिलिजको तयारीमा थियो।

तर रिलिज हुन नपाउँदै देशभर कोरोना फैलियो। लकडाउनले हलहरू बन्द भए। त्यसपछि ‘चपली हाइट ३’का लागि दिनहरू सहज भएनन्। पटक–पटक रिलिज मिति सरिरह्यो। रिलिजको समयमा पनि कोरानाको तेस्रो लहर फैलियो र स्थगित गर्नुपर्यो। अन्तत: दोस्रो रिलिजसम्म आइपुग्दा निर्माण टिमसँग उत्साह हराइसकेको थियो।

संयोग भनौँ, अर्जुनकुमारको अर्को फिल्मले पनि उस्तै नियति भोग्नुपर्यो। गत शुक्रबारबाट उनले निर्माण गरेको फिल्म ‘सानो संसार’ प्रदर्शनमा आयो। तर प्रदर्शनमा आएको दिनदेखि नै देशभर अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भयो। रिलिजको २ दिनसम्म हल सुनसान भएपछि अर्जुनकुमारले सूचना जारी गर्दै फिल्म स्थगित गरे। उनी अब दसैंपछि फिल्म पुन: रिलिजको तयारीमा छन्।

‘सानो संसार’सँगै प्रदर्शन भएको फिल्म ‘आँखा’को पनि नियति उस्तै रह्यो। हलमा दर्शक नभएपछि निर्देशक तथा निर्माता जोन योञ्जनले फिल्म स्थगित नै गर्नुपर्यो। झट्ट हेर्दा फिल्म स्थगित हुनुको कारण प्राकृतिक प्रकोप देखिन्छ। के प्रकोप नभएको भए यी फिल्म हेर्न हलमा दर्शकहरू खचाखच हुन्थे त?

नेपाली फिल्म क्षेत्रमा फिल्म पारखीहरूले फिल्मलाई दुई धारमा बाँडेका छन्– ‘कमर्सियल’ र ‘आर्ट’।

अघिल्ला उदाहरण हेर्ने हो भने ‘आर्ट फिल्म’हरूले रिलिजको समयमा सधैँ ‘प्रकोप’ नै भोग्नुपर्छ। हल सञ्चालकहरूले शो निकै कम दिन्छन्। छुट्याइएका शो पनि दर्शकका लागि अनुकूल समय पर्दैन।

एकाध फिल्मबाहेक चाहे प्रकोप होस् वा सामान्य अवस्था। ‘आर्ट फिल्म’हरूले उस्तै नियति भोग्नु परिरहेको उदाहरण थुप्रै छन्।

चाहे ३ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ होस् वा ‘राधा’। हल सञ्चालकहरूले शो कम दिएपछि अभिनेता प्रदीप खड्काले चोकचोकमा प्रोजेक्टर लगेर भए पनि दर्शकहरूई फिल्म देखाउँछु भन्ने अभिव्यक्ति दिएका थिए। ‘राधा’का निर्देशक सुवर्ण थापाले फिल्म स्थगन नै गरेका थिए। पछि रि–रिलिज गर्ने भनिए पनि उक्त फिल्म पुन: हलमा लागेन।

फिल्म ‘ऐना झ्यालको पुतली’को हकमा त सोही फिल्मका वितरकले बलिउड फिल्म ‘ब्रह्मास्त्र’ भित्र्याए। रिलिजको अघिल्लो दिनसम्म पनि शो तय भएन। फिल्मका निर्देशक सुजित बिडारी, निर्माता रामकृष्ण पोखरलले पत्रकार सम्मेलन गरेरै हलसँग विद्रोह गर्नुपरेको थियो।

फिल्मले तारिफ बटुले पनि दर्शक संख्या भने न्यून थियो। अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा राम्रो समीक्षा पाएको फिडेल देवकोटा निर्देशित फिल्म ‘रेड सुटकेश’ केही महिनाअघि नेपालमा प्रदर्शनमा आयो। तर दर्शकहरू हलमा निकै कम थिए। फिल्म छोटो समयमै हलबाट बाहिरियो।

निर्देशक मीन भामले फिल्म ‘साम्बला’को प्रिमियर तामझामका साथ गरे। बलिउडका चर्चित निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्वीकीका आमन्त्रण गरे।  तर हलमा रिलिज भएपछि क्रेज अनुसारको दर्शक फिल्मले पाएन।

एकाध फिल्मबाहेक चाहे प्रकोप होस् वा सामान्य अवस्था। ‘आर्ट फिल्म’हरूले उस्तै नियति भोग्नु परिरहेको उदाहरण थुप्रै छन्।

किन चल्दैनन् आर्ट फिल्म?
हुन त बलिउडमै पनि आर्ट फिल्महरूले हलभन्दा बढी प्राथमिकता ओटीटी प्लेटफर्ममा पाउँछन्। हलमा मसलेदार फिल्मको दर्शक गइरहँदा ओटीटीमा भने आर्ट फिल्मका दर्शकहरूले फिल्मलाई सुरक्षित गर्छन्। तर नेपालमा ओटीटी प्लेटफर्म प्रभावकारी बनिसकेको छैन।

‘आर्ट फिल्म’ प्रोड्युस गरिरहने प्रोड्युसर रामकृष्ण पोखरेल बाहिरी फेस्टिभलमा आफ्नो फिल्म जाँदा र नेपालका हलमा रिलिज गर्दाको माहोल फरक पाउँछन्। किनकि यहाँ न हलवालाले फिल्मलाई सहयोग गर्छन् न वितरकले।

उनलाई लाग्छ, नेपालको सिस्टम नै फिल्मकर्मीहरूको हितमा छैन।

‘यहाँको सिस्टमले प्रोड्युसरलाई कहिले नाफा हुनै दिँदैन,’ रामकृष्ण भन्छन्। ‘हाम्रो आर्ट फिल्मलाई न टेलिभिजनले सपोर्ट गर्छ न हलवालाले। दर्शकले चाहेर पनि फिल्म हेर्न पाउँदैनन्। जो हेर्ने जमात हो उनीहरूले काम गर्ने टाइममा फिल्मको शो हुन्छ,’ उनी आफ्नो फिल्म रिलिज हुँदाको प्रसँग सम्झँदै भन्छन्।

अर्को चाहिँ नेपालका अधिकांश दर्शक फिल्म मनोरञ्जनका लागि हेर्छन्। ‘हाम्रोमा फिल्म संस्कृति छैन। फिल्म आर्ट हो बुझाइ कम छ। र नेपालमा मात्र नभई संसारभर नै ठूलो जमातका लागि फिल्म मनोरञ्जन हो,’ उनी भन्छन्।

नेपाली दर्शकहरू बलिउडको मसलेदार फिल्म हेरेर हुर्किएकाले पनि त्यस्तै फिल्म खोज्ने उनको बुझाइ छ।

निर्माता अर्जुनकुमार आर्ट फिल्म नचल्नुमा मिडियाकर्मीको पनि दोष देख्छन्। ‘पत्रकारहरू चलेका मान्छेको पछि लाग्छन्। नयाँलाई बेवास्ता गर्छन्। दयाहाङको विषय १० चोटिसम्म लेख्छन्। अनमोल केसीले हाँच्छ्यु गरेको पनि लेख्छन्। तर नयाँ प्रतिभाहरू बेवास्ता गर्छन्। यसले पनि फिल्मलाई प्रभाव पार्छ,’ उनी भन्छन्।

‘आँखा’का निर्देशक जोन योञ्जनले हालै आफ्नो फिल्म प्रदर्शन भएपछि अनुभव गरे, ‘जो चिया पसलमा बसेर आर्ट फिल्मबारे गफ दिन्छन्। उनीहरू नै पैसा तिरेर हलमा फिल्म हेर्न जाँदैनन्।’

‘हामी आर्ट फिल्म बनाउनेहरू नै एक अर्काको फिल्मबारे दुई लाइन लेख्न कन्जुस्याइँ गर्छौँ,’ उनी भन्छन्।

जोन अब ‘आँखा’पछि कहिल्यै आर्ट फिल्ममा हात नहाल्ने मनसायमा छन्। ‘जो मान्छेले दु:ख गरेर आर्ट फिल्म बनाउँछ। लगानी नै नउठेपछि कसरी फिल्म चल्छ? त्यसैले अब म कमर्सियल बनाउँछु, ’ उनी भन्छन्।

‘आर्ट’ फिल्ममा आर्ट कति छन्?
हरेक ‘कमर्सियल फिल्म’बाट व्यावसायिक सफलता पाइरहेका अभिनेता तथा निर्माता दीपकराज गिरी ‘आर्ट फिल्म’को दर्शक नेपालमा मात्र हैन विदेशमा पनि कम भएको महसुस गर्छन्।

यद्यपि नेपालमा आर्ट फिल्मको नाममा आर्ट नै नभएको दीपकको भनाइ छ। उनी प्रश्न गर्छन्, ‘नेपाली मेकरहरूले आर्ट फिल्मको नाममा आर्ट फिल्म बनाइरहेका छन् त? विस्तारै कथा भन्नु मात्र आर्ट सिनेमा हो र? हरेक दृश्य हरेक संवादले तान्नुपर्ला नि?’

उनी नेपाली फिल्ममेकरले धेरै फिल्महरू हेर्न बाँकी रहेको बताउँछन्। र दर्शकको बुझाइअनुसारको फिल्म बनाउनुपर्ने कुरामा जोड दिन्छन्।

‘नेपालमा दर्शक संख्या नै कम छन्। त्यसमाथि पहिले त दर्शकलाई नै बानी पार्नुपर्यो। हामी पो तयार छौँ। दर्शक तयार छन् कि छैनन् ख्याल गर्नुपर्यो,’ उनी भन्छन्, ‘तीन कक्षा पढ्ने बच्चालाई १० कक्षाको किताब पढाए जस्तो पो भाको हो कि?’

प्रकाशित: २०८१ असोज १५ गते मङ्गलबार १०:५७
प्रतिक्रिया

थप समाचार

क्लब नोभामा गुञ्जिँदै सविन राई र नवीन के भट्टराई, क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयोग गरिने

काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फाराेह र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। आगामी साउन २३ गते (८ अगस्ट) शनिबार नेपालकै सबैभन्दा...

‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

काठमाडौँ: साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार...

यस्तै हो भने देश प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ जानसक्छ: राजेश हमाल

काठमाडौँ: महानायक राजेश हमालले सरकारको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको...

‘महादेव! धनको बिटो पठाइदेऊ, खाली भयो जेब’

काठमाडौँ: हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत 'महादेव! खाली भयो जेब' सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वर रहेको गीतको शब्द तथा संगीत कस्तुप पन्तको रहेको छ। यस्तै स‌ंगीत संयोजन भने...

हलमा प्रदर्शनरत कुन फिल्मले कति कमाए?

काठमाडौँ: यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ। चलचित्र विकास बोर्डले प्रत्येक...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना