२०८३ कार्तिक ११ गते मङ्गलबार

हरेक वर्ष बढ्दै छ सगरमाथाको उचाइ, तर कसरी?

 |  बीबीसी
Sanket

बीबीसी

काठमाडौँ, असोज १६
mount_everest

सगरमाथाको उचाइ ५० मिटरसम्म बढ्न सक्ने नयाँ अध्ययनले देखाएको छ। नदीले चट्टान र माटो कटान गरी तल्लो क्षेत्रमा लगिरहेकाले हिमालय क्षेत्रको तौल कम हुने भएकाले हिमालय क्षेत्र थप उकासिने नयाँ अध्ययनको निष्कर्ष छ।

अरुण नदीको बेसिन कटानले सगरमाथाको उचाइलाई बढाइरहेको युनिभर्सिटी कलेज लन्डन (यूसीएल)का अनुसन्धाताको निष्कर्ष छ।

‘सगरामाथाभन्दा ७५ किलोमिटर टाढा रहेको अरुण नदीको बेसिनमा भइरहेको कटानले विश्वको सबैभन्दा अग्लो चुचुरोको उचाइलाई प्रतिवर्ष २ मिलिमिटरसम्म बढाइरहेको छ,’ युनिभर्सिटी कलेज लन्डन (यूसीएल)का अनुसन्धानकर्ताहरूले भने।

यस्तो कसरी हुन सक्छ त?

‘यो झन्डैझन्डै लोड गरिएको कार्गोबाट सामान निकालिएजस्तै हो,’ उक्त अध्ययन गरेका आडम स्मिथ बीबीसीसँगले भने, ‘जब जहाज हल्का हुन्छ, अलिकति माथि तैरिन्छ। त्यस्तै, जब क्रस्ट हल्का हुन्छ, यो पनि अलि माथि जान्छ।’

४-५ करोड वर्ष पहिले इन्डियन र युरेसियन प्लेटहरूबीच टक्कर पर्दा दबाबका कारण हिमालय शृंखलाको सिर्जना भएको थियो। प्लेट टेक्टोनिक्स हिमालयको उचाइ बढाउने प्रमुख कारण हो। तर सगरमाथाको हकमा अरुण नदी क्षेत्रको कटानले सगरमाथाको उचाइ बढाउन थप योगदान गरिरहेको छ,’ यूसीएलको अध्ययन टोलीको भनाइ छ।

अरुण नदी हिमालय हुँदै बग्ने गर्छ। त्यस क्रममा यसले कटान गर्छ। यसले क्रस्ट र म्यान्टल (क्रस्टमुनिको अर्को तह)लाई पातलो बनाइरहेको छ, जसले गर्दा पातलिएको पृथ्वीको सतहमाथि तैरिन सक्ने अनुसन्धाताको भनाइ छ।।

यस्तो प्रकृतिको अवस्थालाई आइसोस्टेटिक रिबाउन्ड भन्ने गरिन्छ। नेचर जियोसाइन्समा प्रकाशित उक्त अनुसन्धानले सगरमाथा र नजिकैका अन्य चुचुराहरू ल्होत्से र मकालुलगायतलाई माथितिर लैजाने भएकाले उचाइ बढ्ने गरेको उल्लेख गरेको छ।

‘सगरमाथा र यसका छिमेकी चुचुराहरूको उचाइ बढिरहेको छ। किनभने आइसोस्टेटिक रिबाउन्डले तिनीहरूलाई छिटोछिटो माथि उठाइरहेको छ,’ अध्ययनका सह-लेखक डा म्याथ्यु फक्सले बीबीसीलाई भने, ‘जीपीएस उपकरण प्रयोग गरेर गरिएको अध्ययनमा वर्षमा लगभग दुई मिलिमिटरका दरले सगरमाथालगायतको क्षेत्रको उचाइ बढेको देख्न सकिन्छ।’

अध्ययनमा संलग्न नभएका केही भूगर्भशास्त्रीहरूले यो सिद्धान्त प्रशंसा गरेका छन्। तर अनुसन्धानमा धेरै कुराहरू अझै अनिश्चित नै रहेको उनीहरूको टिप्पणी छ।

सगरमाथा चीन र नेपालको सिमानामा पर्छ। यसको उत्तरी भाग चिनियाँ पक्षमा पर्छ। अरुण नदी तिब्बतबाट नेपालतिर बग्छ र त्यसपछि अन्य दुई नदीहरूसँग मिलेर कोसी बन्छ। त्यसपछि यो नदी गंगासँग मिल्न उत्तरी भारतमा प्रवेश गर्छ।

नदी क्षेत्र भिरालो स्थानमा पर्ने भएकाले यो नदीले धेरै माटो बगाउँछ। भिरालो भएका कारण पानीको फोर्सले आफ्नो बाटोमा पर्ने धेरै चट्टान र माटो खन्ने गर्छ।

हिमाली क्षेत्रमा पुगेका पर्यटक। फाइल तस्बिर

युसीएल अन्वेषकहरूका अनुसार अरूण नदीले लगभग ८९ हजार वर्ष पहिले तिब्बतको अर्को नदीलाई अतिक्रमण गरी आफूमा मिलाएको थियो। भूगर्भीय समयका आधारमा भन्ने हो भने यो धेरै पहिलेको कुरा होइन।

चाइना युनिभर्सिटी अफ जियोसाइन्सेसका शिक्षाविद्, डा जु हान, यूसीएलमा छात्रवृत्ति भ्रमणको क्रममा यो अध्ययनको प्रमुख लेखक हुन्।

‘सगरमाथाको उचाइ परिवर्तनले पृथ्वीको सतहको गतिशील प्रकृतिलाई वास्तवमै देखाएको छ,’ उनले भने, ‘अरुण नदीको कटान र पृथ्वीको आवरणको माथिल्लो दबाबबीचको अन्तरक्रियाले सगरमाथाको उचाइलाई माथि धकेलिरहेको छ।’

अध्ययनमा संलग्न नभएका एडिनबर्ग विश्वविद्यालयमा स्कूल अफ जियोसाइन्सेसका प्रोफेसर ह्यूग सिन्क्लेयरले अध्ययन पहिचान गरेको निष्कर्ष तर्कपूर्ण रहेको प्रतिक्रिया दिएका छन्।

‘तर नदीले कटान गर्ने मात्रा र वरपरका चुचुराको उचाइ बढ्ने क्रमका विषयमा थुप्रै अनिश्चितताहरू छन्,’ उनले भने। यस्तो कुरा भविष्यवाणी गर्नु चुनौतीपूर्ण भएको उनको भनाइ छ। सिन्क्लेयरले भनेजस्तै अनिश्चितता केहि कुरा लेखकहरूले अध्ययनमै पनि स्वीकार गरेका छन्।

‘यद्यपि सगरमाथाको उचाइ बढाउने विषय नदीसँग जोडिएको सम्भावनाले एउटा तथ्य उजागर गरेको छ,’ उनले भने।

बीबीसी

प्रकाशित: २०८१ असोज १६ गते बुधबार १०:१०
Sanket

बीबीसी

बेलायतको लन्डनमा मुख्यालय भएको बीबीसीले विभिन्न भाषामा समाचार उत्पादन, प्रकाशन तथा प्रसारण गर्दै आएको छ।
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना