२०८३ कार्तिक १२ गते बुधबार

चाडपर्वमा सुरक्षाका लागि एक हजार प्रहरीसहित तालिमप्राप्त कुकुर परिचालन

 |  रासस
Sanket

रासस

काठमाडौँ, असोज १७
nepalpolice

जानकी– चाडपर्वमा हुनसक्ने सम्भावित आपराधिक घटना नियन्त्रण र सुरक्षाका लागि बाँकेमा एक हजार प्रहरी परिचालन गरिएका छन्।

भयरहित वातवरणमा दसैँ तिहारजस्ता ठूला पर्व मनाउन प्रहरीले बाँकेमा विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरी र तालिमप्राप्त कुकुर परिचालन गरिएको जनाएको छ।

दसैँ, तिहार र छठलगायत चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। ‘चाडपर्वको समयमा अपराध र गैरकानुनी कार्य रोक्न विशेष सुरक्षा योजना तयार गरेर लागू गरेका छौँ, जिल्लाको सुरक्षा व्यवस्थालाई ध्यान राखेर थप एक हजार प्रहरी परिचालन गरिएका छन्’, उनले भने।

विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ। यसअघि दैनिक आठदेखि १२ घण्टासम्म ड्युटी गर्दै आइरहेका प्रहरीलाई १६ घण्टा ड्युटीमा खटाइने योजना बनाइएको हो।

चाडपर्वको बेला १५ प्रकारका अपराध हुनसक्ने प्रहरीको आँकलन छ। बाँकेमा सबैभन्दा धेरै चोरीका घटना हुन्छन्। पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ।

त्यस्तै सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुनसक्ने महिला हिंसाका घटनालाई कम गर्नेगरी सुरक्षा योजना तयार गरिएको प्रहरी उरीक्षक कार्कीेले बताए।

उनका अनुसार नेपालगञ्ज भन्सार जमुनाहा नाका, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा सहायता कक्ष स्थापना गरिनेछ। चाडपर्वमा सहरभन्दा गाउँघरमा मानिसको चहलपहल बढी हुने भएकाले गाउँमा समेत सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ।

विशेष सुरक्षा योजनाअन्तर्गत अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानमा सादा पोशाकमा पनि प्रहरी परिचालन, सूचना सङ्कलन तथा उच्च निगरानी सुरु गरिएको कार्कीले जानकारी दिए।

यसैबीच इलाका प्रहरी कार्यालय कोहलपुरले चाडपर्वका बेला लागुऔषध ओसारपसार बढ्ने आशङ्का भएकाले कोहलपुरमा तालिमप्राप्त कुकुर परिचालन गरेर जाँचमा तीव्रता दिइएको जनाएको छ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले चाडपर्वका मानिसको भीड बढी हुनेहुँदा लागुऔषधको ओसारपसार बढ्ने आशङ्का रहेकाले यस्ता कार्य नियन्त्रणका लागि तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बताए।

प्रकाशित: २०८१ असोज १७ गते बिहिबार ०९:०३
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना