२०८३ कार्तिक ११ गते मङ्गलबार

मेक्सिकोमा सेनाको गोली लागेर नेपालीसहित ६ जनाको मृत्यु

 |  अलजजीरा
Sanket

अलजजीरा

मेक्सिको, असोज १७
_MG_0090.JPG
तपाचुला अध्यागमन कार्यालय नजिकै मेक्सिकोका सेना (८ जुन २०१९)। तस्बिर : मार्को उगार्ट/एपी

मेक्सिको- ग्वाटेमाला र मेक्सिकोको सीमानजिकै मेक्सिकन सेनाले हानेको गोली लागेर नेपालीसहित ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये नेपाली पनि रहेको बताइएपनि कसैको पनि पहिचान खुलाइएको छैन।

मेक्सिकोको रक्षा मन्त्रालयले बुधबार प्रेस विज्ञप्‍ति जारी गर्दै सेनाले दर्जनौं आप्रवासी बोकेको ट्रकमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको जानकारी दिएको उल्लेख गरेको छ।

कतारी समाचार संस्था अलजजीराका अनुसार गत मंगलबार साँझ मेक्सिकोको दक्षिणी राज्य चियापासको हुइक्स्टला सहर नजिक आप्रवासीहरू बोकेको ट्रकमा सेनाले गोली चलाएको थियो।

अरू सवारीसँगै आइरहेको ट्रकमा गोलाबारी सुनिएपछि सेनाले आप्रवासीहरूले हतियार बोकेको आशंकामा गोली चलाएको दाबी गरिएको छ। तर ट्रकभित्र कुनै हतियार भने नभेटिएको जनाइएको छ।

ती ट्रकमा नेपाली, भारतीय, पाकिस्तानी, इजिप्टियन, क्युबाली र संयुक्त अरब इमिरेट्सका ३३ जना आप्रवासी थिए। तीमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा १२ जना घाइते  भएका थिए भने १७ जना सुरक्षित थिए।

तर घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा पुर्‍याइएपछि दुई जनाको मृत्यु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

गोलाबारी भएको स्थान ग्वाटेमालाको तपाचुला सहरबाट २५ माइल टाढा पर्छ। उक्त क्षेत्रबाट आप्रवासी र शरणार्थीहरू मेक्सिको हुँदै अमेरिकातर्फ जाने गरेका छन्।

अमेरिका–मेक्सिको सीमा आप्रवासीहरूका लागि संसारको सबैभन्दा घातक मार्ग मानिन्छ। इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले २०२२ मा त्यहाँ कम्तीमा ६८६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो।

आइओएमले आधिकारिक तथ्यांक नभएको बताउँदै त्यहाँबाट बेपत्ता भएका र मृतकको संख्या अझ बढी (करिब १ हजार ४५७ जनाको मृत्यु भएको) हुनसक्ने अनुमान गरेको थियो।

प्रकाशित: २०८१ असोज १७ गते बिहिबार ०५:१२
प्रतिक्रिया

थप समाचार

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली श्रमिक पठाउने व्यवस्था...

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौँ: अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ। नयाँ व्यवस्थामा...

मलेसियाको रोजगारीमा २५ म्यानपावरलाई मात्र अनुमति दिने व्यवस्था स्वीकार्य छैनः पूर्वअध्यक्ष वाग्ले

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स...

घले दम्पतिले दिने भए भोटेकोशीका बाढीपीडित बालबालिकाका लागि ५७ करोड ८५ लाख

सिड्नी। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्म खर्च गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय बाल अधिकार...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना