२०८३ साउन १३ गते बुधबार

हेटौँडामा भेटियो करोडौँको सुन, यस्तो छ तस्करको नयाँ शैली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
gold_hetauda_8kg

हेटौँडा- हेटौंडाबाट ८ किलोग्राम २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद भएको छ। सुनसहित दुई भारतीय पनि पक्राउ परेका छन्।

शनिबार (आज) बिहान ३ बजेको समयमा प्रहरीले सुनसहित भारतीयलाई पक्राउ गरेको हो।

उक्त सुन नेपाली नम्बर प्लेट भएको स्कुटरबाट बरामद भएको हो। स्कुटर चालक र पछाडि बसेका व्यक्ति पनि भारतीय नागरिक नै हुन्।

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा ठूलो परिणाममा सुन फेला परेको थियो।

उक्त स्थान हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्ट नजिकै पर्छ।

बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबर छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काको कमान्डर खटिएको प्रहरी टोलीले उनीहरू चढेको स्कुटर जाँच गरेको थियो।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षका अभिषेक अजिनाथ र २७ वर्षका राहुल भिट्टिहाल बाड छन्।

बरामद सामग्री।

प्रहरी उपरीक्षक खड्काका अनुसार पक्राउ परेका दुवै जना यसअघि पनि सुन कारोबारमा संलग्न रहेको बुझिएको छ।

‘उनीहरू यसअघि पनि सुन तस्करीमा संलग्न भएको हुन सक्ने आधारबारे हामीले अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘तस्करीका शृंखला पछ्याउँदा उनीहरूको गिरोह ठूलो हुन सक्छ। यो विषयमा अनुसन्धान हुन्छ।’

उनीहरूले यसअघि असोज ८ गते दुई किलो सुन काठमाडौँमा पुर्‍याएको प्रारभ्मिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले विदेशीको एजेन्टका रूपमा सुन तस्करीमा संलग्न भएको हुन सक्ने प्रहरीको आशंका छ।

उनीहरूको शरीरमा रुमालले बेरेर सुनको बिस्कुट राखेका थिए। ८ थान बिस्कुटमा उक्त मात्राको सुन फेला परेको हो। उनीहरुले टेपको सहायताले बाँधेर शरीर बाँधर सुन अड्काएका थिए।

जनकपुरबाट सुन लिएर उनीहरू पथलैयासम्म बसमै आएका थिए। पथलैयाबाट भने स्कुटरमा हेटौँडातर्फ आउँदै गरेका थिए।

बरामद भएको सुन र पक्राउ परेका दुवै जनालाई थप राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइनेछ।

गत मंगलबार पनि हेटौंडा उपमहानगरपालिका वडा–१५, रातोमाटे चेकपोस्टबाटै एक भारतीय सुनसहित पक्राउ परेका थिए। बिहान करिब १० बजे वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको वा.प्र.०३–००१ ज ६९६ नम्बर यात्रुबाहक ईभी माइक्रोका यात्री चेक गर्दा सुन फेला परेको थियो। भारतको बिहार राज्य फूलबरिया पूर्वी चम्पारण बरेवा बस्ने वर्ष ३४ का सुजित सर्राफलाई प्रहरीले शंका गरी जाँच गरेको थियो।

सुजितको शरीर तथा झोला खानतलासी गर्दा खुट्टाको पैतालामा टेपले बेरेर सुन लुकाएका थिए। उनको साथबाट सुनको बिस्कुटको आकारका टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान गरी ४९० ग्राम ८८० मिलिग्राम (करिब ६७ लाख ३४ हजार ५ सय ४४ रुपियाँ मूल्य बराबर) को सुन फेला परेको थियो। उक्त सुनसहित सर्राफलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।

प्रकाशित: २०८१ असोज १९ गते शनिवार ११:५३
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना