२०८३ कार्तिक १४ गते शुक्रबार

हेटौँडामा भेटियो करोडौँको सुन, यस्तो छ तस्करको नयाँ शैली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
gold_hetauda_8kg

हेटौँडा- हेटौंडाबाट ८ किलोग्राम २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद भएको छ। सुनसहित दुई भारतीय पनि पक्राउ परेका छन्।

शनिबार (आज) बिहान ३ बजेको समयमा प्रहरीले सुनसहित भारतीयलाई पक्राउ गरेको हो।

उक्त सुन नेपाली नम्बर प्लेट भएको स्कुटरबाट बरामद भएको हो। स्कुटर चालक र पछाडि बसेका व्यक्ति पनि भारतीय नागरिक नै हुन्।

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा ठूलो परिणाममा सुन फेला परेको थियो।

उक्त स्थान हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्ट नजिकै पर्छ।

बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबर छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काको कमान्डर खटिएको प्रहरी टोलीले उनीहरू चढेको स्कुटर जाँच गरेको थियो।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षका अभिषेक अजिनाथ र २७ वर्षका राहुल भिट्टिहाल बाड छन्।

बरामद सामग्री।

प्रहरी उपरीक्षक खड्काका अनुसार पक्राउ परेका दुवै जना यसअघि पनि सुन कारोबारमा संलग्न रहेको बुझिएको छ।

‘उनीहरू यसअघि पनि सुन तस्करीमा संलग्न भएको हुन सक्ने आधारबारे हामीले अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘तस्करीका शृंखला पछ्याउँदा उनीहरूको गिरोह ठूलो हुन सक्छ। यो विषयमा अनुसन्धान हुन्छ।’

उनीहरूले यसअघि असोज ८ गते दुई किलो सुन काठमाडौँमा पुर्‍याएको प्रारभ्मिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले विदेशीको एजेन्टका रूपमा सुन तस्करीमा संलग्न भएको हुन सक्ने प्रहरीको आशंका छ।

उनीहरूको शरीरमा रुमालले बेरेर सुनको बिस्कुट राखेका थिए। ८ थान बिस्कुटमा उक्त मात्राको सुन फेला परेको हो। उनीहरुले टेपको सहायताले बाँधेर शरीर बाँधर सुन अड्काएका थिए।

जनकपुरबाट सुन लिएर उनीहरू पथलैयासम्म बसमै आएका थिए। पथलैयाबाट भने स्कुटरमा हेटौँडातर्फ आउँदै गरेका थिए।

बरामद भएको सुन र पक्राउ परेका दुवै जनालाई थप राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइनेछ।

गत मंगलबार पनि हेटौंडा उपमहानगरपालिका वडा–१५, रातोमाटे चेकपोस्टबाटै एक भारतीय सुनसहित पक्राउ परेका थिए। बिहान करिब १० बजे वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको वा.प्र.०३–००१ ज ६९६ नम्बर यात्रुबाहक ईभी माइक्रोका यात्री चेक गर्दा सुन फेला परेको थियो। भारतको बिहार राज्य फूलबरिया पूर्वी चम्पारण बरेवा बस्ने वर्ष ३४ का सुजित सर्राफलाई प्रहरीले शंका गरी जाँच गरेको थियो।

सुजितको शरीर तथा झोला खानतलासी गर्दा खुट्टाको पैतालामा टेपले बेरेर सुन लुकाएका थिए। उनको साथबाट सुनको बिस्कुटको आकारका टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान गरी ४९० ग्राम ८८० मिलिग्राम (करिब ६७ लाख ३४ हजार ५ सय ४४ रुपियाँ मूल्य बराबर) को सुन फेला परेको थियो। उक्त सुनसहित सर्राफलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।

प्रकाशित: २०८१ असोज १९ गते शनिवार ११:५३
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना