२०८३ कार्तिक २६ गते बुधबार

‘दाइबा : चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ’ सार्वजनिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २०
daiba

काठमाडौँ- पहिलो मदन पुरस्कार विजेता इतिहासकार तथा लेखक चित्तरञ्जन नेपालीको नाममा स्मृतिग्रन्थ सार्वजनिक भएको छ। ‘दाइबा : चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ’ पुस्तक काठमाडौँमा आयोजित कार्यक्रममा शुक्रबार सार्वजनिक गरिएको हो।

उक्त पुस्तकलाई प्राडा त्रिरत्न मानन्धर, मल्ल के सुन्दर, डा. मदन भट्टराईलगायतले सार्वजनिक गरेका हुन्। कार्यक्रममा बोल्दै प्राडा मानन्धरले चित्तरञ्जन नेपालीले इतिहास विधालाई नयाँ ढंगले लेख्न शुरू गरेको उल्लेख गरे। पुस्तकमा परिवार, आफन्त, लेखक, साहित्यकार, प्रशासक, समाजसेवीलगायतले आफ्नो संस्मरण लेखेर नेपालीको व्यक्तित्व उजागर गरेको उनको भनाइ थियो।

लेखक तथा भाषाविद् मल्ल के सुन्दरले काठमाडौँको वडा नं. २५ मा राजनीति, समाजसेवा, प्रशासन, शिक्षालगायत विविध विषयमा चर्चित धेरै व्यक्तिको जन्म भएको भन्दै चित्तरञ्जन नेपालीको जन्म पनि यही वडामा भएको जानकारी दिए। आफूले चार दशकभन्दा बढी संगत गरेको स्मरण गर्दै उनले चित्तरञ्जन नेपालीले लेखन र अनुवादको माध्यमबाट नेपाली मात्र नभई नेपालभाषा र संस्कृतमा पनि योगदान दिएको बताए।

पूर्वपरराष्ट्र सचिव डा. मदन भट्टराईले चित्तरञ्जन नेपालीका चार पुस्ताले पहिला जैसीकोठा, मुन्सीखाना हुँदै पछि परराष्ट्र मन्त्रालयमा योगदान दिएको बताए। खम्पा निःशस्त्रीकरणदेखि नेपाल–चीन सीमा सन्धिमा पनि उनको योगदान रहेको डा. भट्टराईले जानकारी दिए। छरछिमेकी, आफन्त तथा परिवारले बोलाउने नाम ‘दाइबा’बाट पुस्तकको नाम राखिनु उचित भएको उनको भनाइ थियो।

प्रकाशक मीनु राजभण्डारीले दाइबाका योगदानहरूलाई एकमुष्ट रूपमा प्रस्तुत गर्न पुस्तक सफल भएको बताइन्। यो पुस्तक चित्तरञ्जन नेपालीको पहिलो पुण्यतिथिमा सार्वजनिक गरिएको हो। ९३ वर्षको उमेरमा गत वर्ष असोज २९ गते उनको मृत्यु भएको थियो।

‘दाइबा: चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ’मा चित्तरञ्जन नेपालीको लेखन, इतिहास, कृतिका अलावा उनले प्रशासन, कूटनीति र सामाजसेवामा दिएको योगदानको पनि चर्चा छ। त्यसैगरी, उनले आफ्नैबारेमा लेखेका लेख, अनुभवका साथै बाबुराम आचार्य, ऋद्धिबहादुर मल्ललगायत व्यक्तिबारे लेखेका लेख तथा स्मृति समावेश गरिएको छ। यी लेखले त्यसबेलाको राजनीति, प्रशासन, सीमा व्यवस्थापनलगायत विषयमा जानकारी दिएका छन्।

पुस्तकको प्रकाशक मीनु राजभण्डारी र मनीष राजभण्डारी हुन् भने यसको सम्पादन प्रकाश गुरागाईंले गरेका छन्। ६९६ पृष्ठको मूल्य ५०० रुपैयाँ छ।

प्रकाशित: २०८१ असोज २० गते आईतबार ०७:१७
प्रतिक्रिया

थप समाचार

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...

गौतमको ‘फर्कनुछ देश’ र बस्नेतको ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक

काठमाडौँ: अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ। लेखकद्धयले शनिबार कोलोराडोस्थित...

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह बजारमा

काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ। 'बीसे नगर्चीको बयान' कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह...

मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक

काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना