पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन्। नेपाली कांग्रेसका दुई जना र नेकपा माओवादी केन्द्रका एक जना सांसदलाई मन्त्री बनाउने निर्णय उनले गरेका हुन्।
कांग्रेसका महेन्द्रध्वज जिसी (नवलपुर) र दीपेन्द्र थापा (बागलुङ) मन्त्री पदमा नियुक्त भएका छन्। माओवादीका रेश्मबहादुर जुग्जाली (म्याग्दी) पनि मन्त्री पदमा नियुक्त भएका छन्।
एकीकृत समाजवादीका राजीव गुरूङ (दीपक मनाङे) लाई पनि मन्त्री बनाउने तयारी भए पनि निर्णय भइ नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दिएको छ। नवनियुक्त मन्त्रीहरूलाई शुक्रबारै अपराह्न ४ बजे शपथ दिलाउने तयारी गरिएको छ।
यसअघि कांग्रेसबाट सरस्वती अर्याल र माओवादीबाट सुशीला सिंखडा मन्त्री भएका थिए। वैशाख १४ मा कांग्रेस संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए।
उनले प्रदेशसभाबाट विश्वासको मत पनि लिइसकेका छन्।


