काठमाडौँ– सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ। ऊर्जा, जलस्रोत सिंचाईमन्त्री दीपक खड्काले घिसिङलाई स्पष्टीकरण सोधेका हुन्।
उनीसँग डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरण सञ्चालक समितिले गरेका निर्णय पनि मागिएको छ।
प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरण पनि सरकारले माग गरेको छ।
ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहानका लागि बोलाइएको थियो। कोरम नपुगेकाले बोर्ड बैठक बस्न सकेन।


