२०८३ कार्तिक १३ गते बिहिबार

सरकारविरुद्ध प्रतिपक्षी मोर्चाका ४ रणनीति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २
bipakshi_dal

काठमाडौँ-  प्रतिपक्षी दलहरूको बैठकले सरकारविरुद्ध मोर्चाबन्दी कसिलो बनाउने निर्णय गरेको छ। यसका लागि उसले विभिन्न रणनीतिसमेत अख्तियार गर्ने निष्कर्ष निकालेको छ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गरेका थिए। उनले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने विश्लेषण सुनाएका थिए।

यसअघि बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो। सोही बैठकमा भएको छलफलका आधारमा प्रचण्डले त्यस्तो निष्कर्ष निकालेको भन्दै बैठकमा ब्रिफिङ भएको एक सहभागी नेताको भनाइ छ। टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका विषयमा पनि छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कहरु सुन्दा सरकार अगाडि बढ्न खोजेको देखिएको प्रचण्डले सुनाएका थिए। ‘केही दिनमा नै पूर्वगृहमन्त्री लामिछानेलाई सामात्न सक्छ भन्ने उहाँको विश्लेषण रह्यो’, बैठकमा सहभागी ती नेताको भनाइ छ। प्रचण्डको ब्रिफिङ सुनेको प्रतिपक्षी बैठकले लामिछानेलाई पक्राउ गर्न खोजे उनको प्रतिरक्षाका लागि प्रतिवाद गर्ने निर्णय गरेको छ।

बैठकमा सरकारले अध्यादेश ल्याएर प्रतिपक्षी दलहरूलाई फुटाइदिने सक्ने पनि विश्लेषण पनि भएको थियो। आजपाका अध्यक्ष प्रभु साहका अनुसार  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दल फुटाउन मिल्ने गरी अध्यादेश ल्याइदिने कसरत सरकारले गर्न थालेको विश्लेषण सुनाएका थिए।

सरकारको उक्त कार्य सही नभएको प्रचण्डको भनाइ थियो। सरकारले यस्तै गरिरहे चुप लागेर नबस्ने बरु एकजुट भएर विरोध गर्ने रणनीति पनि प्रतिपक्षी कित्ताले बनाएको छ।

‘सरकार राम्रो नियतबाट अघि बढेको छैन भन्ने बैठकको निष्कर्ष छ’ प्रचण्डको भनाइ उदृत गर्दै आजपाका साहले भने, ‘पार्टी फुटाउने र पक्राउ (रवि लामिछानेलाई) गर्ने तयारी भएको बुझिन्छ। कसैको पार्टी फुटाउने कसैलाई समात्ने जो कामतिर सरकार अगाडि बढेको छ, त्यसविरुद्ध एकजुट हुनु जरुरी छ।’

विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष पनि निकालेको छ। सुशासनको सवालमा पनि ओली सरकार गम्भीर ढङ्गले चुकेको ठहर विपक्षी दलको बैठकले निष्कर्ष निकालेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

सरकारलाई थप जिम्मेवार बनाउनका लागि समसामयिक विषयमा आइतबार ज्ञापनपत्र बुझाएर सरकारमाथि दबाब सिर्जना गर्ने रणनीति पनि बैठकले तय गरेको छ। बाढीपहिरो पीडितको राहतको सन्दर्भमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको बैठकको निष्कर्ष छ। भ्रष्टलाई प्रश्रय दिएको आरोप पनि विपक्षी दलहरूले लगाएका छन्।

प्रतिपक्षी कित्ताले बाढीपहिरो पीडितको राहत र पुनर्स्थापनाको विषयमा सरकार गम्भीर नदेखिएको कुराका आधारमा संसद्को विशेष अधिवेशन बोलाउनका लागि निवेदन दिने निर्णय गरेको छ। आफूहरूको कुरा सुनुवाइ नभए विशेष अधिवेशन बोलाउने तयारी थाल्ने निर्णयसमेत गरेको छ।

द्वन्द्वकालीन मुद्दाहरूको अन्तिम किनारा लगाउन सरकारसँग छलफल गरेलगत्तै प्रचण्डले विपक्षी मोर्चाको बैठक बोलाएर विशेष अधिवेशन बोलाउने तयारी गर्न सबैलाई आग्रह गरेका हुन्।

बिहीबार मात्रै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति गरेका थिए।

शान्ति प्रक्रियाका विषयमा माओवादी दबाबमा पर्ने अवस्था आए विपक्षीहरुको एकै आवाज बनाउने रणनीति प्रचण्डको छ। उता रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै छानबिन समितिले कारबाही सिफारिस गरेपछि पक्राउ पर्ने भय छ। रवि पक्राउ परे संसदबाट विरोध गर्न पाइने भएकाले पनि उनीहरूले विशेष अधिवेशनलाई जोड दिँदै आएका छन्।

दबाबमा रहेकाले माओवादी र रास्वापाले विपक्षी मोर्चालाई गोलबद्ध गर्नुपर्ने बताउँदै आएका छन्। सोही रणनीति कार्यान्वयनका लागि प्रचण्डले विपक्षी मोर्चा कसिलो बनाउने प्रयास थालेका हुन्।

‘बाढी पहिरो लगायत विपत्तिमा सरकारले खोज, उद्धार, राहतबारे जसरी काम गर्नुपर्थ्यो, त्यो हुन सकेन। जनसरोकारको विषयभन्दा सरकार व्यक्तिगत र पार्टीगत स्वार्थ राखेर काम गरेको देखियो’, बैठकबारे जानकारी दिँदै माओवादी नेता शक्ति बस्नेतले भने, ‘यिनै विषयमा विपक्षी दलहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ। सुनुवाइ नभएमा संसद्को विशेष अधिवेशन बोलाउनेबारे विपक्षी दलहरू सहमत भएका छन्।’

बैठकमा माओवादी केन्द्रसहित रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, अजपाका शीर्ष नेताहरू सहभागी थिए। माओवादीका प्रचण्डसहित शक्ति बस्नेत, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, आजपाका प्रभु शाह सहभागी थिए। रास्वपाका सभापति रवि लामिछानेसहित उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालका साथै नेताहरू शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ बैठकमा सहभागी भए।

बैठकमा सत्तापक्षीय लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएको विषयमा लोसपा नेपालका नेताहरूले आफ्नो दलका अध्यक्षलाई माओवादी अध्यक्ष प्रचण्डले झुक्क्याएर बोलाएको दाबी गरेका छन्।

एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा लोसपा नेपालबाट शरतसिंह भण्डारी श्रममन्त्री छन्। विपक्षी गठबन्धनको बैठकमा महन्थ ठाकुरको उपस्थितिले सत्ता घटक दलहरूबीचको समझदारी, सहकार्यमा कुनै फरक नपार्ने एमालेको भनाइ छ।

प्रकाशित: २०८१ कार्तिक २ गते शुक्रबार १२:४९
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना