काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। माइतीघर मण्डलामा शुक्रबार साँझ प्रदर्शन गरेको हो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोप लागेकाहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै वाईसीएलले प्रदर्शन गरेको हो।











