काठमाडौं– तीन दिनदेखि मुख्यालय च्यासलमा जारी एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ। पार्टी मुख्यालय च्यासलमा बिहान ८ बजे बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको हो।
बैठकले केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना तय गर्ने बताइएको छ। स्थायी कमिटीले तयार गरेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ।
वार्षिक कार्ययोजना प्रस्तुत गरेपछि अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक समापन हुने एमालेले जनाएको छ।
हिजोको एमाले बैठकमा प्रदेश र जिसस संरचनाबारे सहभागीले आ–आफ्ना जिज्ञासा राखेका थिए। बैठकमा बोल्नेहरुले पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउन र नेताहरुको शुद्धीकरण अनिवार्य बनिसकेको बताएका थिए।


