काठमाडौँ- कोरियाली कार उत्पादक कम्पनी हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर पुगेको छ। योसँगै २०२४ मा इन्टरब्रान्डले बेस्ट ग्लोबल ब्रान्डमा हुन्डाई मोटर विश्वको मूल्यवान कम्पनीको सूचीमा ३०औँ स्थानमा समेत परेको छ।
हुन्डाई मोटरले पछिल्लो ५ वर्षमा आफ्नो ब्रान्ड भ्यालु ६३ प्रतिशतले वृद्धि भएको बताएको छ। यो अवधिमा ३६औँ स्थानमा रेहको हुन्डाई ३०औँ स्थानमा आउन सफल भएको छ।
इन्टरब्रान्ड ग्लोबल ब्रान्ड कन्सल्टिङ फर्म हो। यसले हरेक वर्ष ठूला बहुराष्ट्रिय कम्पनीहरूको मूल्यांकन गर्छ।
आयोनिक फाइभ एनले अल्र्ड कार अवार्ड २०२४ मा वल्र्ड पर्फमेन्स कारको उपाधि पाएको थियो। हुन्डाई मोटर ग्रुप इनोभेसन सेन्टर सिंगापुरको स्थापना, विश्वव्यापी फ्युचर मोबिलिटीमा पाइला बढाउन हुन्डाई मोटर ग्रुप मेटाप्लान अमेरिका, उल्सनमा विद्युतीय सवारीको नयाँ प्लान्ट र साउदी अरबमा कम्प्लिट नक डाउन (सीकेडी) प्लान्ट स्थापना गरेको हो।
त्यस्तै हुन्डाईको सीकेडी एसेम्बल प्लान्ट नेपालमा पनि सञ्चालनमा आइसकेको छ। नेपालका लागि हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले उक्त एसेम्ब प्लान्ट २०८१ वैशाखदेखि सञ्चालनमा ल्याएको हो।
हुन्डाई मोटरले आर्चरी र फिफा वर्ल्ड कपजस्ता खेलकुद प्रतियोगितामा स्पोन्सर गर्दै आएको छ।
‘हुन्डाई मोटरले सवारी उत्पादनका साथै गेगचेन्जर कार्ययोजनाहरू ल्याइरहेको छ। एएएम र अन्य भविष्यको मोबिलिटीबारेमा काम गरिरहेको छ,’ हुन्डाई मोटर कम्पनीका प्रमुख तथा सीईओ जेहोन चाङले बताएका छन्। हुन्डाईको प्राविधिक विस्तारले मानिसको दिगो भविष्यका लागि निक्कै राम्रो काम गर्ने विश्वास कम्पनीले लिएको उनको भनाइ छ।
नेपाली बजारमा पनि हुन्डाई मोटरकै सोच र योजनालाई लक्ष्मी इन्टरकन्टिनेन्टलले कार्यान्वयन गर्दै आएको छ। नेपाली बजारमा हुन्डाईका क्रेटा, ग्रान्ड आइटेन, टुसान, प्यालेसिडलगायत आईसी इन्जिन कार बिक्री हुँदै आएको छ।
त्यस्तै भेन्यू भने नेपालमै एसेम्बल भएर बिक्री भइरहेको छ। कम्पनीले अब छिट्टै क्रेटा र आइटेन एसेम्बल गर्ने तयारी गरेको छ।
त्यस्तै लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना र आयोनिक फाइन विद्युतीय कार बिक्री हुँदै आएको छ।


