साङ्लाहरु भुइँमा पोखिएका चिनी, र गुलिया वस्तुका साथै स्ट्रार्चका टुक्राहरु, दन्त मञ्जन साबुन लगायतका वस्तु खोज्न रातको समयमा हुलका हुल बाँधेर दौडिरहेका हुन्छन्।
मनपर्ने आहार गरेर साङलाहरु लुसुक्क राती नै बाहिरिन्छन्। घर कोठाभित्रैका रातका यी दृश्यहरु भने तपाईँले नदेख्न पनि सक्नुहुन्छ।
पृथ्वीमा जम्मा ४ हजार ५०० प्रजातिका साङ्लामध्ये सम्भवत तपाईँलाई जर्मन प्रजातिकै साङलाले हैरान बनाइरहेको छ।
यसले अन्य सबै प्रजातिका साङ्लालाई पराजित गरी मानव बस्तीमा एकछत्र राज गरिहेको छ। यसलाई संसारभरि छरिएको ‘घरभित्रको शक्तिशाली हानिकारक परजिवी मानिन्छ।
‘नयाँ अध्ययनले फोहोर र सडेगलेका फाल्तु वस्तु तथा मरेका जीव जनावर खाने चरा र किराहरुको उत्पत्तिबारे वर्णन गरेको छ। यसले ‘किरालाई अन्य साङ्लोभन्दा भिन्न बनाउने आनुवंशिक भिन्नताहरु प्रकट गरेको छ,’ कियान ताङले भने।
हार्वडका एक विकासवादी जीवविज्ञान लेखक ताङको यो अध्ययन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकासित छ।
सन् १७०० को अन्त्यमा त्यसलाई ‘जर्मन साङ्ला’ भनेर मध्य युरोपमा नाम दिइएको थियो। पछि बालाटिला जर्मनीका प्रजाति उत्तरपूर्वी अफ्रिकाबाट उत्पन्न भएको वैज्ञानिकहरुले निष्कर्ष निकालेका थिए।
केही एसियाली साङलाहरु मानव बस्ती नजिकै बस्थे। तिनीहरुले मानिसहरुले रोपेका तरकारी र अन्य खाद्य वालीहरु खाएर हैरान बनाए। घर बाहिर मात्रै होइन मानव बस्तीमा पनि उस्तै खानेकुरा थिए। उनीहरु खानेकुरा खोज्दै मानसिका घरभित्रै नै छिरे।
त्यस्तै अर्काे प्रजाति छ, एसियाली साङ्ला, वालाटेला असाहिनाई, जसलाई वैज्ञानिकहरुले बी.र्जमनीकाकै पुर्खाको प्रतिनिधिकै रुपमा लिएका छन्।
यो जर्मन साङलोसँग लगभग समानता पाइन्छ। तर यसमा प्रकासको आकर्षण, घरबाहिर बस्न सक्ने क्षमता र उड्न सक्ने शक्ति जस्ता विशिष्ट विशेषता निहित छन्।
डा. ताङको टोलीले १७ वटा देशका २८१ वटा जर्मन साङ्लाबाट उनीहरुको आनुवंशिक भिन्नताहरु अध्ययनका लागि डीएनएलाई मुख्य स्रोतको रुपमा लिएर अध्ययन गर्यो।
त्यसपछि उनीहरुले यो हानिकारक किराको यात्रा वनस्पति र बोटविरुवादेखि तपाईँको भन्सामासम्म कसरी मन्दगतिमा विकसित भयो भन्ने खोजविन गरेको थियो।
अध्ययनले बी जर्मनीका जातिका साङ्ला भारत वा म्यानमारको एसियन साङ्लोबाट लगभग २१ सय वर्ष पहिले मानव वस्तीहरु फैलिने क्रममै विकसित भएका थिए।
केही एसियाली साङलाहरु मानव बस्ती नजिकै बस्थे। तिनीहरुले मानिसहरुले रोपेका तरकारी र अन्य खाद्य वालीहरु खाएर हैरान बनाए। घर बाहिर मात्रै होइन मानव बस्तीमा पनि उस्तै खानेकुरा थिए। उनीहरु खानेकुरा खोज्दै मानसिका घरभित्रै नै छिरे।
‘यही समयमा एसियाली साङला जर्मन साङलामा परिणत हुन पुग्यो,’ डा. टानले भने।
(द न्यूयोर्क टाइम्सबाट लिइएको यो सामग्री गोविन्द लुइँटेलले अनुवाद गरेका हुन्।)


