२०८३ कार्तिक ११ गते मङ्गलबार

राष्ट्रपति कार्यालयको ट्विटर ह्यान्डल विद्या भण्डारीले गरिन् निजीकरण

 |  Untitled
Sanket

Untitled

काठमाडौं, चैत २
vidya

काठमाडौं- निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको अफिसियल ट्विटर ह्यान्डल निजीकरण गरेकी छन्। भण्डारी राष्ट्रपति भएका बेला राष्ट्रपतिको कार्यालयले आधिकारिक रुपमा प्रयोग गर्ने गरेको ट्विटर ह्यान्डल नै निजीकरण गरेकी हुन्।

भण्डारीले राष्ट्रपतिको पदावधि पूरा गरेपछि सोमबार रामचन्द्र पौडेलले राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका थिए। योसँगै भण्डारी राष्ट्रपतिको निवास शीतलनिवासबाट बाहिरिएकी भण्डारीले ट्विटर ह्यान्डल पनि साथमै लगेकी हुन्।

सन् २०१८ को अप्रिलमा खोलिएको राष्ट्रपतिको ट्विटर ह्यान्डल (@PresidentofNP) लाई बिहीबार परिवर्तन गरेर (@BidyaDBhandari) बनाइएको छ। यसअघि भण्डारी राष्ट्रपति हुँदा चलाउने गरेको ह्यान्डल भने अर्कै व्यक्तिले प्रयोग गर्न थालिसकेको छ।

सरकारी उच्च पदमा बहाल भएका बेला सम्बन्धित कार्यालयले प्रयोग गर्ने सामाजिक सञ्जालका विवरण पनि राष्ट्रिय सम्पत्ति भएकाले पदबाट मुक्त भएसँगै उत्तराधिकारीलाई हस्तान्तरण गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ। तर भण्डारीले भने त्यो परम्परालाई तोडेकी छन्।

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार निवर्तमान राष्ट्रपतिले प्रयोग गर्दै आएको ह्यान्डल भण्डारीकै सचिवालयले बनाएको भन्दै फिर्ता गर्न इन्कार गरेको हो। ‘त्यो ह्यान्डल हामीले व्यक्तिगत रुपमा विद्यादेवी भण्डारीकै लागि खोलेका थियौँ। उहाँको कार्यकाल सकिएपनि भण्डारीकै सचिवालयले क्रियट गरेकाले उहाँको पदावधि सकिए पनि त्यसलाई  फिर्ता गर्न पर्दैन भनेर उहाँहरू (भण्डारी पक्ष)ले भन्नुभयो,’ पौडेलको सचिवालयले थप्यो, ‘अब राष्ट्रपति कार्यालयले राष्ट्रपतिको आधिकारिक ह्यान्डल क्रिएट गर्छ।’

भण्डारी राष्ट्रपति हुँदा सचिवालयमा रहेका टीका ढकालले राष्ट्रपतिको ट्विटर ह्यान्डलका विषयमा बोल्न चाहेनन्। ‘राष्ट्रपति कार्यालयको अफिसयल ह्यान्डलका बारेमा मलाई सोध्ने हो र यार? उताको कुरा उतै सोध्नुस्, मलाई नसोध्नुस्,’ उनले भने। राष्ट्रपतिको आधिकारिक ह्यान्डल भण्डारीले निजीकरण गरेपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयको ट्विटर ह्यान्डल पनि हस्तान्तरण गरेका थिएनन्। त्यसपछि आएका प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले (PM_nepal_) नामक ट्विटर ह्यान्डल बनाएको थियो। देउवापछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही ह्यान्डल चलाइरहेका छन्।

यसैबीच प्रधानमन्त्री दाहालले चलाउने ह्यान्डल पनि बिहीबार बिहान ह्याक भएको थियो। तर प्रधानमन्त्री कार्यकालयले ह्यान्डललाई फिर्ता ल्याइसकिएको जानकारी दिएको छ।

प्रकाशित: २०७९ चैत २ गते बिहिबार ०६:४३
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना