२०८३ कार्तिक १३ गते बिहिबार

रास्वपालाई पालो दिन सडकमा उत्रियो माओवादी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १०
maoist_khabardari (5)

काठमाडौँ– अघिल्लो शुक्रबार (कात्तिक २ गते) साँझमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा निरन्तर आन्दोलनमा छ। काठमाडौँमा पक्राउ परेपछि सडक मार्गबाट प्रहरीले रविलाई पोखरा लैजाँदा लगिएका रातविरात रास्वापाका नेताहरू प्रहरीलाई बाटो छेक्दै पोखरा पुगेका थिए। त्यसयता रास्वपा नेता कार्यकर्ताले आन्दोलनका कार्यक्रम रोकेका छैनन्।

साताव्यापी आन्दोलनमा रहेका रास्वपा नेता कार्यकर्तालाई कात्तिक १० गते आइपुग्दा सडकमा नेकपा माओवादी केन्द्रले पालो दिएको छ। शनिबार काठमाडौँको भृकुटीमण्डपमा रवि पक्राउका विरुद्धमा माओवादीले चर्को आवाज उठाएको छ। यद्यपि माओवादीका अध्यक्ष प्रचण्डले भने आफूहरूको आन्दोलन रविका पक्षमा नभएको बरु सरकारका बेथितिविरुद्धको खबरदारी भएको जिकिर गरेका छन्।

आन्दोलनमा सहभागी भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूले सदनमा उभिएर दिएको जवाफलाई चटक्कै भुलेका छन्। तत्कालीन अवस्थामा प्रधानमन्त्री रहेका प्रचण्डले सदनमा उभिएर रविविरुद्ध कुनै पनि स्थानमा उजुरी नभएको भन्दै सरकारका तर्फबाट प्रष्टीकरण दिएका थिए। यद्यपि त्यसअघि नै रविविरुद्ध कास्की प्रहरीमा जाहेरी परिसकेको थियो।

आफ्ना कमजोरी ढाकछोप गर्नका लागि प्रचण्डले आफूभन्दा बढी जिम्मेवार हालका प्रधानमन्त्री केपी शर्मा ओली रहेको जिकिर गरे। आफू रविमाथि छानबिन समिति बनाउन राजी भएपनि ओलीले त्यसबेला अवस्वीकार गरेको तर अहिले उनै रविलाई पक्राउ गर्ने ओलीको रवैया ठिक नभएको जिकिर गरे। रवि यतिबेला कास्की प्रहरीको हिरासतमा छन्। रुपन्देही जिल्ला अदालतले पनि सहकारी ठगीको आरोपमा रविसहित रास्वपाका सहमहामन्त्री विपिन आचार्यकी श्रीमती सुरक्षा अधिकारीसमेत गरी १२ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी गरिसकेको छ। यो विषयले रास्वपालाई आन्दोलित बनाएको छ। यद्यपि राजनीतिक प्रतिशोधका आधारमा रविमाथि मुद्दा चलाउने तयारी गरिएको उसको आरोप छ। माओवादीले प्रदर्शन गर्ने भएपछि रास्वपाले शनिबार विरोधको ठूलो कार्यक्रम गर्ने कुनै सूची बनाएको थिएन।

निरन्तर आन्दोलन गर्दा थाकेका रास्वपाका कार्यकर्तलाई माओवादीले सडक उत्रिएर साथ दिएको मात्र छैन, एकैदिनका लागि मात्र भएपनि आन्दोलनको दौडधुपमा राहत प्रदान गरिदिएको छ। ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुवै मोर्चाबाट प्रतिपक्षीहरूले प्रतिवाद गर्ने बताइसकेका छन्। प्रतिपक्षको खबरदारीलाई सामान्य रुपमा लिए सरकारले नसोचेको मूल्य चुकाउने चेतावनी पनि उनले दिए।

आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उनको आरोप थियो। प्रचण्ड प्रधानमन्त्री बन्दा रवि गृहमन्त्री थिए। असार १७ गते कांग्रेस-एमाले सहमति भएर सरकार ढल्ने अवस्था आएपछि धमाधम सरकारमा सहभागी दलले समर्थन फिर्ता लिँदा रविले पनि सरकारबाट बाहिरिने निर्णय पार्टीमा गराएका थिए। प्रधानमन्त्री रहेका प्रचण्डलाई राजीनामा दिन भनेर गएका रविसहितका रास्वपाका ४ मन्त्री एकाएक युटर्न भएर बालुवाटारबाट बाहिर निस्किएका थिए। असार २९ गते ओली प्रधानमन्त्री नबन्दासम्म रविले प्रचण्डलाई साथ दिइरहे। त्यसयता कसिलो बनेको रास्वपा-माओवादी सम्बन्ध कायमै छ। सोही गुन तिर्नका लागि पनि प्रचण्डले रास्वपालाई राहत हुने गरी विरोध सभा आयोजना गरिदिएको नेताहरूको भनाइ छ।

‘नत्र संसद र सडकमा तपाइहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन,’ सरकारलाई चेतावनी दिँदै प्रचण्डले भने, ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महँगो पर्ने छ।’

रवि लामिछानेलाई बचाउन केपी ओलीले भूमिका खेलेको बताउँदै अहिले प्रतिपक्षमा पुगेपछि मात्रै पेल्ने काम गरेको उल्लेख गरे। सहकारी ठगीको विषयमा ओलीले नै संसदीय छानबिन समिति बनाउने कुराको विपक्षमा रहेका बेला आफूले लामिछानेलाई छानबिन समितिका लागि सुझाव दिएको र निर्दोषिता प्रमाणित गर्न भनेको बताए।

‘रवि लामिछानेको कुरा चलिरहेको थियो। मैले तपाईं निर्दोष हुनुहुन्छ भने डराउनुपर्ने कारण के छ भनेको हो रवि लामिछानेलाई पनि,’ उनले भने, ‘त्यहीअनुसार बनोस् भनेको हो। बन्न हुँदैन भन्ने केपी ओलीजी हो। रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने केपी ओलीजी हो।’ उनले सरकारले अहिले देखाएको रवैयाको आपत्ति जनाए।

प्रचण्डले एमाले र कांग्रेससँग सम्बन्धित व्यक्तिलाई छानबिन नगर्ने, तर अहिले प्रतिपक्षलाई मात्रै पूर्वाग्रह राख्ने तयारी बेठीक भएको बताए।

देश कांग्रेस-एमालेको विर्ता नभएको उल्लेख गर्दै उहाँले संख्याको प्राविधिक बलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गरे। ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन? संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरुसँग जवाफ, धेरै अभद्र भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ,’ उनले चेतावनीको भाषा प्रयोग गरे।

सरकारले कांग्रेस-एमालेका नेताहरूलाई अनुसन्धानमा नल्याएकोमा माओवादीको विरोध छ। संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको टिप्पणी गरेका थिए।

सरकारले ७० नम्बर ल्याएको प्रचार गरेकोप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर ? मैले निरन्तर भन्दै आएको छु। संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास, आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो।’

पहिले एक्लै पार्टीको दुई तिहाई भएको बेलामा संसद भंग गरेर प्रतिगमन गर्ने नेताले अहिले कांग्रेसको बैशाखी टेकेर दुई तिहाईको घमण्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उनको टिप्पणी थियो।

अध्यक्ष ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरेका थिए। सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनर्स्थापनामा लापर्वाही नगरोस् भनेर खबरदारी गरेको बताए।

सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दानपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैँले पुष्टि गरेको बताइदिए।

आफूहरुले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उनले भने, ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो।’

माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उनले बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए।

भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएको दिएकोमा कांग्रेस एमालेलाई धन्यवाद दिए। अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताएका थिए।

अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेडर्क बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने जिकिर गरेका थिए। सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड भएको दाबी गरे।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताए। विगतमा कांग्रेस, एमालेजस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको उनको भनाइ छ।

माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने उनको सपना छ। माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उनले भने, ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिँदै साथ दिने छन्।’

१० वर्षसम्म ‘बन्दुकको नालबाट सत्ता जन्मन्छ’ भनेर प्रशिक्षित गराएर सशस्त्र युद्ध गराएका प्रचण्डले उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने कुरा सिकाएको जिकिरसमेत गरेका थिए। आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उनले बताएका थिए।

अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गरे। ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन,’ प्रचण्डले भनेका थिए, ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला?’

प्रकाशित: २०८१ कार्तिक १० गते शनिवार ०७:२६
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना