काठमाडौँ– नेपाल राष्ट्र बैँकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ। राष्ट्र बैंक टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो। राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ।
बैंकले सुनको असर्फी २.५ ग्राम प्रतिव्यक्ति एक थानका दर मंगलबार १ दिन मात्र बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्यान्न ४ः०० बजेसम्म बिक्री गरिने जनाएको छ।
त्यस्तै,बैंकका अनुसार चाँदीको स्मारिका तथा मेडालियन कात्तिक ११ गतेदेखि १४ गतेसम्म बिहान ११ बजे देखि मध्यान्न ४ः०० बजेसम्म प्रतिव्यक्ति बढीमा पाँच थानसम्म खरिद गर्न सकिने छ।
गाई अंकित २५ ग्राम, गाई अकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम मध्येबाट) बिक्री गरिने छ।
असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनु पर्नेछ।
असर्फी तथा मेडालियन खरिदको लागि नगद तथा क्युआरमार्फत भुक्तानी गर्न सकिनेछ। यस्तै चाँदीको मेडालियन सिक्का पनि २५ ग्राम र १० ग्रामको रहेको राष्ट्र बैंकले जनाएको छ।
२५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ। यस्तै १० ग्रामको सिक्कामा भने गाई, लक्ष्मी, गणेश, र गजलक्ष्मी अंकित रहेको छ।
२५ ग्रामको चाँदीको सिक्काको मूल्य ४ हजार र १० ग्रामको सिक्काको १ हजार ६०० रुपैयाँ मूल्य तोकिएको बैंकले जनाएको छ।
१९ देखि २४ कात्तिकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।











