काठमाडौँको कीर्तिपुर अस्पतालपछाडि एक महिलाको शव फेला परेको छ।
कीर्तिपुर नगरपालिका-२, कीर्तिपुर अस्पतालपछाडि शव भेटिएको हो।
शवको सनाखत हुन सकेको छैन। अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।
मृतक महिलाले हातमा घडी र चुरा लगाएकी छिन्। चप्पल लुगालगायतका सामग्री पनि दुरुस्त छन्।


