२०८३ साउन १३ गते बुधबार

सिंजामा खस सभ्यताबारे बहस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १३
sinja-upataka-768×432

काठमाडौँ- नेपाली खस भाषाको सुरुआत भएको स्थान यहाँको सिंजा गाउँपालिकाको नराकोट बजारमा खस सभ्यताको लोकसंस्कृति विषयमा प्राज्ञिक बहस तथा सांस्कृतिक प्रदर्शनी सम्पन्न भएको छ।

लोकवार्ता परिषद् नेपालको आयोजना र यहाँका तीन स्थानीय तह सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् भेला गरिएको हो। उक्त भेलामा यहाँको लोकसंस्कृति विषयमा कार्यपत्र प्रस्तुत तथा बहस भएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष भवेश्वर पंगेनीले खस सभ्यता जोगाउन लोकवार्ता परिषद् नेपालको स्थापना भएको र यसपटक १३औँ सङ्गोष्ठी कर्णाली क्षेत्रमा गरिएको बताए।

कार्यक्रममा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले सिंजा सुन, हिरा र मोतीमाथिको खजना भएकाले यसको संरक्षण तथा खोजी गर्न आवश्यक रहेको उल्लेख गरे। यहाँको खस सभ्यता जोगाउन सबै निकायको महत्वपूर्ण भूमिका रहने प्रदेश प्रमुख जोशीको भनाइ थियो।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदार आचार्यले सिंजाको सभ्यता संरक्षणका लागि सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए।

सिंजामा प्रस्तुत कार्यपत्रमा डा शशी थापा पण्डितले खस जातिको उत्पत्ति र सांस्कृतिक प्रभाव, संस्कृतिविद् शीतल गिरीले मष्टो र खस जातिबारे कार्यपत्र प्रस्तुत गरेका थिए। लोकवार्ता परिषद् नेपालको १३औँ सङ्गोष्ठीका अवसरमा खस सभ्यताका जानकारहरुको उपस्थिति रहेको थियो। बहससँगै खससभ्यताका सांस्कृतिक कलाहरु प्रस्तुत गरिएको सिंजा गाउँपालिकाले जनाएको छ।

लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डा भवेश्वर पंगेनी, सल्लाहाकार प्राध्यापक डा माधवप्रसाद पोख्रेल, प्राध्यापक डा कुसुमाकर न्यौपाने, प्राज्ञ तथा लोकगायक यज्ञराज उपाध्याय, प्राध्यापक डा धु्रवप्रसाद घिमिरे, मनोहर लामिछाने, डा शशी थापा पण्डितसहित २२ जना प्राज्ञिक व्यक्तित्वहरु र जुम्ला निवासी पत्रकार राजबहादुर कुँवरसहितको टोलीले सुर्खेत हुँदै, दुल्लु, कालीकोट, जुम्लाको सिंजा, तातोपानी र मुगुमा प्राज्ञिक बहस गरिएको लोकवार्ता परिषद् नेपालले जनाएको छ।

सिंजाको नराकोटमा गत शनिबार सम्पन्न कार्यक्रममा स्थानीय मागल, वालोनाच, देउडानाच, धामीनाच, रोपाइँनाच, सिंगारुनाच, एकल गीतलगायत विभिन्न विधामा कला प्रस्तुत गरिएको थियो। रासस

प्रकाशित: २०८१ कार्तिक १३ गते मङ्गलबार ०१:०९
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना