काठमाडौँ– साफ महिला च्याम्पियनसिप २०२४ फाइनलको पहिलो हाफमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन्।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा दुवै टिमले गोल नगरी बराबरी गरेका हुन्।
प्रतियोगितामा नेपाल लगातार तेस्रो पटक र बंगलादेश लगातार दोस्रो पटक फाइनल प्रवेश गरेका हुन्।
नेपालले यसअघि साफ महिलाको उपाधि जितेको छैन। बंगलादेशले यसअघि एक पटक उपाधि जितेको छ।


