पोखरा- भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै पोखरामा विरोध प्रदर्शन गरिएको छ। बृहत नागरिक आन्दोलन,पोखराको आह्वानमा भ्रष्टाचार ढाकछोपविरुद्ध नागरिक प्रदर्शन गरिएको हो।
पोखराको पृथ्वीचोकमा भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शनका साथै कविता, गजल, नाटक प्रस्तुत गरिएको थियो। विरोध प्रदर्शनमा पोखरा थियटरका कलाकारले सडक नाटक प्रस्तुत गरेका थिए। कविहरू सुरज उपाध्याय, बाबु साहेब, सुरेश रानाभाट, अमृत सुवेदीलगायतले कविता सुनाएका थिए।
‘भन्छौँ हामी बारम्बार, भ्रष्टचारीलाई कारागार’, ‘करोड पर्ने बंगला तिमीलाई कसले किन्दियो?’, ‘भ्रष्टाचारीलाई कारबाही गरु, ‘सामूहिक भ्रष्टाचार राज्यविरुद्धको अपराध हो’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारी जम्मा भएका थिए।



े

