२०८३ कार्तिक ११ गते मङ्गलबार

एनआरएनए आरके समूह भन्छ- केसी पक्षले भतेर लगायो, असली साधारणसभा हामी गर्छौँ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १७
rk_sharma

काठमाडौँ- राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक १९ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को बैठकले सोमबार भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो।

साधारणसभालाई सभ्य र भव्य बनाउन उपाध्यक्ष गंगाधर गौतमको संयोजकत्वमा एक समिति समेत बनाइएको छ। समितिले सचिव र क्षेत्रअनुसारका पदाधिकारीलाई समेटेर कार्यक्रम व्यवस्थित गराउन काम गर्ने महासचिव बुद्धि सुवेदीले जानकारी दिए।

साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ। यस्तै विधानमा केही थपघट गर्न आवश्यक भएमा त्यसमा काम गर्नका लागि महासचिव र उपमहासचिवसहितको एक टीम समेत बनाउन निर्णय बैठकले गरेको छ।

बैठकले नेपाल सरकारका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, संघ संस्थाका प्रतिनिधिलाई समेत अतिथिको रुपमा बोलाउने निर्णय गरेको छ। कात्तिक २१ गते परराष्ट्र मन्त्रालयले एकताका लागि पूर्वअध्यक्ष शेष घलेसहितका १३ जनालाई बैठकमा बोलाएकै बेला शर्मा नेतृत्वको एनआरएनएले साधारणसभा बोलाउन लागेको हो।

शर्मा नेतृत्वको समितिले एकताको पक्षमा रहेको भने बताएको छ। तर शर्मा पक्षले बद्री केसी पक्ष आधिकारिक नभएको जिकिर गर्दै आएको छ। गत वर्ष भएको महाधिवेशनबाट केसीले धाँधली गरेर चुनाव आफ्नो पक्षमा पारेको शर्माले दाबी गर्दै आएका छन्। केसीले धाँधली गरेकै कारण शर्माको नेतृत्वमा असन्तुष्ट समूहले नयाँ कार्यसमिति बनाएको थियो।

बिहीबारको बैठकमा अध्यक्ष शर्माले आफू नेतृत्वको समितिले गरेका कामकारबाहीबारे जानकारी गराउनुका साथै बद्री केसी पक्षले हालै गरेको साधारणसभाबारे पनि धारणा राखेका थिए। उनले केसी पक्षले प्रधानमन्त्रीलाई समेत प्रयोग गरेर साधारणसभा गरेपनि वास्तविक एनआरएनएहरुको निकै कम सहभागिता देखिएको बताए। आफूहरुले केसीको अवैध साधारणसभाविरुद्ध अदालतमा समेत रिट दायर गरेको र अहिले कारण देखाउ आदेश भएको उनको भनाइ छ।

केसी पक्षले अदालतमा भएको मुद्दाका साथसाथै गत चैत २१ मा सर्वोच्चबाट भएको फैसलाविपरीत साधारणसभा गरेको उनको भनाइ छ। यदि एनआरएनएमा आधिकारिक कोही छ भने आफू नेतृत्वको कार्यसमिति रहेको भन्दै उनले अदालतमा विचाराधीन मुद्दा भएकाले छिट्टै न्याय पाउने विश्वास व्यक्त गरे।

उनले भने, ‘बद्री केसी पक्षले कुनै साधारणसभा गरेको होइन। भोजभतेरमा बोलाइएको कार्यक्रम हो।’ कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले एकताका लागि आग्रह गरेको आफूले सुनेको उल्लेख गर्दै शर्माले यदि यो सही हो भने सकारात्मक रहेको बताए। उनले आफूहरुले सोमबार गर्ने साधारणसभामा व्यापक सहभागिता गराउनका लागि सबैलाई सक्रियतापूर्वक लाग्न पनि आग्रह गरे।

बैठकमा उपाध्यक्ष केशव पौडेलले यसअघि नै साधारणसभा गर्ने तयारी भएपनि विविध कारणले ढिलागरी साधारणसभा गर्न लागिएको बताए। उनले अब एनआरएनएको विवद समाधान हुने बाटोतर्फ रहेको उल्लेख गर्दै आफूहरु सत्यको पक्षमा रहेकाले जित हुने विश्वास व्यक्त गरे।

यस्तै अर्का उपाध्यक्ष गंगाधर गौतमले केसी पक्षले संघकै सम्पत्तिलाई चरम दुरुपयोग गरेर कार्यक्रम गरेको बताउँदै त्यसमा ध्यानाकर्षण भएको बताए। उनले साधारणसभा गरेर आवश्यक काजगात आफूहरुको आधिकारिक निकाय परराष्ट्रमा बुझाइने बताए।

कार्यक्रममा पदाधिकारीहरु सुनिल शाह, टंक गैरै, प्रमोद सिटौला, लोक दाहाल, मनोज गोर्खाली, ठाकुर ढुंगानालगायतले साधारणसभा सफल बनाउन लागिपर्ने बताए। यस्तै कार्यक्रममा सल्लाहकारहरु दुर्गा अचार्य, नारायण आचार्यलगायतले पनि धारणा राखेका थिए।

यसैबीच तीन चिरामा विभाजित एनआरएनएलाई मिलाउन परराष्ट्र मन्त्रालयले कात्तिक २१ गतेका लागि बैठक बोलाएको छ। मन्त्रालयमा बस्ने बैठकका लागि मन्त्रालयले पुर्वअध्यक्ष शेषघलेसहितका १३ जनालाई पत्राचार गरिरहेको छ। सो बैठकमार्फत एनआरएनए एकताको औपचारिक प्रक्रिया सुरु हने बताइएको छ।

प्रकाशित: २०८१ कार्तिक १७ गते शनिवार ०५:५४
प्रतिक्रिया

थप समाचार

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली श्रमिक पठाउने व्यवस्था...

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौँ: अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ। नयाँ व्यवस्थामा...

मलेसियाको रोजगारीमा २५ म्यानपावरलाई मात्र अनुमति दिने व्यवस्था स्वीकार्य छैनः पूर्वअध्यक्ष वाग्ले

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स...

घले दम्पतिले दिने भए भोटेकोशीका बाढीपीडित बालबालिकाका लागि ५७ करोड ८५ लाख

सिड्नी। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्म खर्च गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय बाल अधिकार...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना