उत्तराखण्ड- भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ।
अलमोरा जिल्लामा २०० मिटर तल नदी किनारमा खसेको भारतीय समाचार संस्था एनडीटीभीले समाचार प्रसारण गरेको छ।
सोमबार बिहान पाउरीबाट रामनगर जाँदै गरेको बस दुर्घटनामा परेको हो।
प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा खटिएका छन्।
९ जना घाइतेमध्ये ३ जनालाई उपचारको लागि हेलिकप्टरमार्फत् एम्स अस्पताल लैजाने तयारी भइरहेको छ।


