२०८३ कार्तिक १२ गते बुधबार

नेताकै सन्तान ‘भड्किएपछि’ एमालेले ल्यायो छोराछोरी अभियान

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ३०
uml_meeting (2)

काठमाडौँ- नेकपा एमालेले नेताका छोराछोरीलाई पार्टीमा आबद्ध गर्न छोराछोरी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। शनिबार सम्पन्न तीनदिने केन्द्रीय कमिटी बैठकले छोराछोरी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

‘हिजो बुवाआमा राजनीतिमा हुँदा छोराछोरी स्वतः राजनीतिमा आउने गर्दथे,’ प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘तर आज बुवाआमा राजनीतिमा छन् भने छोराछोरी राजनीतिमा नआउने प्रवृत्ति विकास भएको छ। के कारणले छोराछोरीमा यो प्रवृत्ति देखिइरहेको छ। हामीले आफ्नो परिवारमा पनि राजनीतिक प्रशिक्षण गर्न सकिरहेका छैनौँ। त्यसकारण छोराछोरी अभियान सञ्चालन गर्न गइरहेका छौँ।’

२०७९ सालमा भएका तीन निर्वाचन र २०८० वैशाख १० मा भएको उपनिर्वाचनमा नेता तथा कार्यकर्ताका छोराछोरीले नै एमाले पार्टी/उम्मेदवारलाई मतदान नगरेको निष्कर्ष निकालेको बैठकले अभियान चलाउने तयारी गरेको हो। नेता तथा कार्यकर्ताका छोराछोरी पुस्ताले बाबुआमाले रोजेको दलमा मत नदिने बरु छोराछोरी पुस्ताले भनेको स्थानमा बाबुआमाले मत दिने प्रवृत्ति देखिएपछि त्यसलाई निराकरण गर्न एमालेले अभियान चलाउने उद्घोष गरेको हो।

बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली।

यस्तै नेकपा (एमाले)ले वार्षिक कार्ययोजना पनि तयार पारेको छ। तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण कार्यअभियान सञ्चालन गर्नका लागि कार्ययोजना तयार पारेको हो।

ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार स्थायी कमिटी बैठकले तयार पारेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको जानकारी दिए।

मिसन ग्रासरुट अभियानको सबै प्रदेशको समीक्षा प्रतिवेदनको आधारमा वार्षिक कार्ययोजना तयार पारेको हो। वार्षिक योजनाअनुसार पार्टीले पार्टी सदस्यता शुद्धीकरण र विस्तारको कार्यक्रम सञ्चालन गर्ने सञ्चालन गर्ने भएको छ।

मिसन ग्रासरुट अभियान सकिए पनि सदस्यता वितरण र नवीकरण अझ बाँकी रहेकाले सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए।

उनका अनुसार कार्ययोजनाअनुसार पार्टी सदस्यता शुद्धीकरण अझ व्यापक बनाइने छ। एमाले आगामी जेठदेखि चैतसम्म कार्ययोजनाअनुसार सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने छ। एमाले असार १५ गतेसम्म जिल्ला कमिटीले पार्टी सदस्यता नवीकरण गर्ने र नवीकरण भौतिक उपस्थितिमा मात्र गर्ने जनाएको छ।

तीन प्रतिशत सदस्यता विस्तार
बैठकले नयाँ सदस्य र नवीकरण आगामी असार मसान्तसम्म प्रदेश कमिटीमार्फत विवरण केन्द्रमा पठाउने निर्देशन दिएको छ। यस्तै नवीकरण विवरणसँगै नवीकरण नभएका र सदस्यताबाट हटाउनेको नाम पनि पठाउने भनिएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए।

अभियानअनुसार मिसन ५१ प्रतिशत पूरा गर्नका लागि प्रत्येकमा वडामा कुल मतदाता सङ्ख्याको तीन प्रतिशत पार्टी सदस्यता विस्तार गर्ने उद्दले बताए। ‘पार्टी सदस्यता मतदाताको सङ्ख्याको औषतरूपमा सात प्रतिशत रहेको छ। तर कतिपय पालिकामा न्यून रहेकाले प्रत्येक वडामा कुल मतदाताको तीन प्रतिशत विस्तार गर्ने योजना रहेको छ,’ उनले भने।

१६ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले बैठक, क्यान्टोन्मेन्ट घोटालाको छानबिन गर्न माग [पूर्णपाठ]

मिसन ग्रासरुट अभियानका क्रममा कतिपय कमिटी भद्दा भएर बैठक बस्दा गणपूरक सङ्ख्या पनि नपुगको देखिएको कमिटीलाई सानो बनाउने निर्णय गरेको छ। पार्टीले कमिटीमा रहेर बिनाकारण तीनपटक अनुस्थित हुनेलाई कमिटीबाट बिदा गर्न र खाली भएका कमिटीमा नयाँ सदस्य नथप्न पनि निर्देशन दिएको उनले उल्लेख गरे।

‘बैठकमा आउने काम गर्न नदिन, ती कमिटीमा रहेकाको सुधार नभए कमिटीबाट बिदा गर्ने निर्णयसमेत गरेको छ,’ उनले भने, ‘मिसन ग्राससरुट अभियान जिम्मेवारी तोकिएको पूरा नगर्ने र कुनै जानकारी नदिई अनुपस्थिति हुनेलाई सम्बन्धित कमिटीले स्पष्टीकरण सोध्ने निर्णयसमेत गरिएको छ।’

प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
एमालेले पार्टीका नेता तथा कार्यकर्ताका लागि वैचारिक र राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। प्रशिक्षण कार्यक्रम पार्टी स्कुल विभागले तयार पारेको पाठ्यक्रमका आधारमा सञ्चालन गर्नेछ।

केन्द्रीय कमिटी बैठकमा नेताहरू।

नेता गुरुङका अनुसार उच्च प्रशिक्षण केन्द्रीय कमिटी र मध्यम प्रशिक्षण प्रदेश कमिटी र आधारभूत प्रशिक्षण जिल्ला कमिटीलाई दिइने छ। प्रशिक्षण डिजिटलरूपमा पार्टीको ‘एक्सन रुम’बाट गरिने छ।

मङ्सिरमा पनि अभियान सञ्चालन
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी सङ्गठन विस्तार गर्नका लागि आगामी मङ्सिरमा मध्यपडाडी लोकमार्ग तथा हुलाकी राजमार्ग केन्द्रित गरेर अभियान सुरु गर्ने जानकारी दिए।

पार्टी गतिविधि पार्टी कार्यालयबाट
एमालेले पार्टीका सबै गतिविधि सबै कार्यक्रम पार्टी कार्यालयमा केन्द्रित गर्ने निर्णय गरेको छ। पार्टीको संस्थागत विकासमा सहयोग पुर्‍याउनका लागि वडादेखि केन्द्रसम्म सबै पार्टीको गतिविधि पार्टी कार्यालयबाट गर्ने निर्णय गरेको नेता रिजालले जानकारी दिए।

पार्टीका जिम्मेवार नेताहरू पार्टी कार्यालयमा नियमितरूपमा उपस्थिति हुने गरी केन्द्रदेखि वडा कार्यालयबाट पार्टीका गतिविधि गर्ने निर्णय गरेको उहाँ बताउनुभयो। यही वैशाख २८ गतेदेखि सुरु भएको पाँचौँ केन्द्रीय कमिटी बैठक आज सकिएको छ। बैठकमा विभिन्न १० कार्यसूची रहेका थिए।

प्रकाशित: २०८० बैशाख ३० गते शनिवार ०९:१६
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना