२०८३ कार्तिक १८ गते मङ्गलबार

सामा-चकेवा अर्थात् दाजुभाइ र दिदीबहिनीबीच प्रेमको उत्सव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २१
sama_chakewa

महेन्द्रनगर (धनुषा)- सामाचकेवा मैथिली संस्कृतिको महत्वपूर्ण पर्वका रुपमा रहेको छ। यसलाई दाजुभाइ र दिदीबहिनीबीचको गाढा प्रेम, समर्पण र एकताको प्रतीक मानिन्छ।

यो पर्व मिथिलाञ्चल क्षेत्रका महिलाले छठपछिको पाँचौंँ दिन अर्थात् खडना (पञ्चमी) को रातदेखि कात्तिक पूर्णिमाको रातसम्म मनाउँछन्। यो पर्वको धार्मिक महत्वसहित यसमा मिथिला संस्कृति, परम्परा र समाजको भावना झल्किन्छ।

मिथिलाञ्चल क्षेत्रसहित जनकपुरमा बोलीचालीमा ‘सामा’ को अर्थ रमाइलो भन्ने हुन्छ। १० दिनसम्म मिथिलाञ्चलका दिदीबहिनीले आफ्ना दाजुभाइको शौर्य वृद्धि र दीर्घायुको कामना गर्दै सामा खेल्छन्।

दाजुभाइ र दिदीबहिनीबीचको प्रेम दर्शाउने यो पर्व करिब पाँच हजार वर्ष पहिले द्वापरयुगदेखि सुरु भएको मिथिला संस्कृतिका जानकार डा राजेन्द्र विमलले बताए।

सामा–चकेवाको कथा
‘सामा–चकेवा पर्वसँग जोडिएको पुरानो कथा महाभारत युगको हो। भगवान् श्रीकृष्णकी छोरी सामा अति रूपवती र धर्मपरायण थिइन्। उहाँको भाइ चकेवाले सामासँग अत्यन्त माया गर्थे। सामा आफ्नो परिवारसँग सुखद जीवन बिताइरहेकी थिइन्। चुगला नामको एक षड्यन्त्रकारीले सामाविरुद्ध श्रीकृष्णलाई गलत आरोप लगाई कृष्णको ध्यान आफूतिर तान्न खोज्यो। सामामाथि गलत आचरणको आरोपपछि सामालाई चरा हुने कठोर श्राप दिइयो। यो घटनाले चकेवालाई दुःखी बनायने र उहाँले बहिनी सामालाई मुक्त गराउन समर्पण, प्रार्थना र अथक प्रयासले श्रीकृष्णको मन पगाल्यो र सामालाई श्रापमुक्त गरी पुनः मानव स्वरुप दिनुभयो। यसरी सामा श्रापमुक्त हुनुको कारण भाइको प्रेम थियो’, मधेस प्रदेशका नीति आयोगका पूर्वउपाध्यक्ष एवं संस्कृत विद् भोगेन्द्र झाले भने।

सामा–चकेवा पर्वको विधि र परम्परा
यो पर्वमा मिथिलाका युवतीले सामा–चकेवा बनाउने परम्परा छ। माटोको सामा, चकेवा, वृन्दावन, चुगलालगायतका मूर्ति बनाई ती मूर्तिलाई सिङ्गारेर, वस्त्रआभूषणले सजाइन्छ र प्रत्येक दिन गीतको माध्यमबाट पूजा गरिन्छ।

यस पर्वको सुरुमा युवती माटोको मूर्तिलाई दिनदिनै नयाँ कपडा र गहनाले सजाउँछन्। साँझमा सामा–चकेवासम्बन्धी गीत गाउँदै बाहिर तोकिएको ठाउँमा गोलाकार बसेर सामा खेल खेल्ने परम्परा रहेका संस्कृत विद् झाले बताए। उनका अनुसार चकेवाको सजीवतालाई भाइको प्रेमका रुपमा लिइन्छ। सामा खेलमा चुगला पात्रलाई आलोचना गरिन्छ र अन्त्यमा यसको विसर्जन गरिन्छ। यसले दुष्टको अन्त्य र भाइबहिनीबीचको प्रेम विजय भएको प्रतीक मानिने उनले उल्लेख गरे।

कार्तिक पूर्णिमाका दिन सामा–चकेवाको विसर्जन गरिने भएकाले यस दिनलाई सामा–चकेवा पर्वको अन्तिम दिन मानिन्छ। यो दिन सम्पूर्ण गाउँका युवती नयाँ वस्त्र लगाई सजिएर सामा र चकेवाको विसर्जनमा जान्छन्। यस अवसरमा सामा र चकेवाको कथा र गीत गाएर भाइबहिनीको प्रेमलाई गाढा बनाउने जनविश्वास रहेको संस्कृत विद् झाले बताए।

पर्वको सामाजिक महत्व
सामा–चकेवा पर्व मिथिला संस्कृतिमा महत्वपूर्ण पर्वका रुपमा मनाउने गरिन्छ। यसले दाजुभाइ र दिदीबहिनीबीचको अटुट सम्बन्धलाई उजागर गर्नुका साथै समाजमा भाइको भूमिका र मायालाई दर्शाउन गर्दछ। युवतीहरुले समूहमा जम्मा भएर सामूहिक गान–भजन गर्ने भएकाले यस पर्वले सामूहिक एकता र मेलमिलापको पनि सन्देश दिने जानकारहरु बताउँछन्।

मधेस प्रदेशका नीति आयोगका पूर्वउपाध्यक्षसमेत रहेका संस्कृत विद् झाले भने, ‘सामा–चकेवा पर्वले समाजमा भाइबहिनीबीचको गाढा प्रेमको कथा सुनाउने मात्र नभई यसले समाजमा नैतिकता, धर्म, र आदर्शको शिक्षा दिन्छ। कार्तिक मासे यौ भैया सामा लेलक अवतार, सयौँ बरख जियौँ यौ भैया सामा लेलक अवतार’ (हे दाजुभाइ हो, कात्तिक महिनामा सामा (खेलकी प्रमुख स्त्री पात्र) ले फेरि अवतार लिएको छ। तिमी सयौँ वर्ष बाँच्छौँ, सामा (बहिनीको भाव) ले फेरि अवतार लिइसकेकी छ।’

दाजुभाइको दीर्घायूको कामना मात्र नभएर मिथिलानी सामा गीतमा आफ्ना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका भाव पनि गीतबाट व्यक्त गरिने झाले बताए।

यस्ता गीत सुनिरहँदा आफ्ना दिदीबहिनी हुने खुसीले दङ्ग हुन्छन् भने दिदीबहिनी नहुनेलाई मेरा चाँही किन दिदीबहिनी भएनन् भन्ने भाव पैदा हुने धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का सुधा देवीले बताए।

‘चलु बहिना सामा खेल भैयाके आँगन हे।।जुग जुग जियथिन भैया अपन हे…!’ (हिँड दिदीबहिनी हो (सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्) सामा खेल्न दाजुको आँगनमा जाऊँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन्।)

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि ‘छोरी’को रहर जगाउने गरेको उनको भनाइ छ।

‘चोकचोकमा अरुका दिदीबहिनीले सामाका गीत गाएर आफ्ना दाजुभाइको सौर्य बखान गरेको सुन्दछु’, दिदीबहिनी नभएका जनकपुरधाम उपमहानगरपालिका–९ का गुलाब यादवले भने, ‘आफ्ना दिदीबहिनी नभएको अभाव यस्ता पर्वमा खट्किन्छ।’ यही दिदीबहिनी नभएको न्यास्रोले आफ्नालाई पिरोल्ने गरेको भन्दै उनले दुई छोरा भइसक्दा पनि छोरीको कामना गरिरहेको उनको भनाइ छ।

पर्वमा मिथिलानीले सतभैया (सप्तर्षि), चुगला (कुरा लगाउने, कुरौटे, झगडा लगाउने), वृन्दावन, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्दछन्। पर्वको अन्तिम दिन (कार्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट सामाका आकृति फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ। यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिने चलन छ।

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब पाँच हजार वर्ष पहिले द्वापरयुगदेखि सुरु भएको मिथिला संस्कृतिका पण्डित शिवदत मिश्रले बताए। यो पर्वमा दाजुको गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामा–चकेवा पर्व मनाउने परम्परा बसेको उनले जानकारी दिए।

मिथिलामा दाजुभाइ र दिदीबहिनीबीच प्रेम दर्शाउने भैयादुज, राखी र सामा–चकेवा पर्व रहेका पण्डित मिश्रले उल्लेख गरे। भैयादुज कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी विजय तिलक र माला लगाएर मनाउँछन्। त्यस्तै साउन पूर्णिमामा दाजुभाइका हातमा सप्तरङ्गी डोरा (राखी)बाँधेर दिदीबहिनीले सौर्यवृद्धिको कामना गर्दछन्। -रासस

प्रकाशित: २०८१ कार्तिक २१ गते बुधबार ०३:४१
प्रतिक्रिया

थप समाचार

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

८० वर्षीय गोविन्दबहादुरको रहरलाग्दो सुपारीखेती …

उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन्। डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ। लहरै लाइन मिलाएर...

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते

काठमाडौँ: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी...

तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौँका ३३ स्थान तोकिए

काठमाडौँः काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरणका लागि महानगर क्षेत्रभित्रका ३३ स्थान तोकेको छ। महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा...

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना