२०८३ साउन १३ गते बुधबार

योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्छ : डा जोन हेगलिन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २२
Dr Hagelin

काठमाडौँ- क्वान्टम भौतिकशास्त्री डा जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताएका छन्। नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको अतिरुद्रि विराट महायज्ञमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

‘योग र यज्ञका माध्यमबाट नेपालले विश्ववको नेतृत्व लिन सक्छ,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘योग र यज्ञले समाजमा शान्ति स्थापना गर्छ। यी दुवै विषय स्वर्णयुगका उच्चतम प्रविधि हुन्। यीभन्दा शक्तिशाली विषय संसारमा कुनै पनि छैन।’

योग र यज्ञका माध्यमबाट नै नेपालले विश्वको नेतृत्व लिन सक्छ भन्ने महर्षि महेश योगीको दृष्टिकोण थियो। ५० वर्षअघि नेपाल आएका महर्षि महेश योगीले नेपालले संसारको नेतृत्व लिन सक्ने धारणा व्यक्त गरेका थिए। सोधही विषयलाई थप प्रकाश पार्दै डा हेगलिनले यसका रणनीति प्रस्तुत गरेका थिए। उनका अनुसार विश्वको नेतृत्व लिने नेपालका दुई वटा रणनीति; योग र यज्ञ भएको उल्लेख गरे।

अमेरिकास्थित ट्रान्सेन्डेन्टल मेडिटेसन अर्गनाइजेसनका निर्देशकसमेत रहेका डा हेगलिनले नेपाललाई विश्वको नेतृत्व लिन सक्ने बनाउनका लागि आफूहरूले योगविज्ञान र यज्ञयज्ञादिका विषयलाई मुख्य रूपमा जोड दिएको उनको भनाइ छ। फाउन्डेसनले चम्पादेवीमा क्याम्पस स्थापना गरेको छ। क्याम्पसमा यज्ञ र योगका विषय अध्ययन अध्यापन हुँदै आएका छन्।

महर्षि महेश योगी नेपाल आएको ५० वर्ष पुगेको अवसरमा आयोजित महायज्ञमा उनले नेपालले मात्र प्राचीन वैदिक ज्ञान बुझ्न सक्ने भएकाले विश्वको नेतृत्व गर्न सक्ने क्षमता पनि नेपालसँग भएको उल्लेख गरेका थिए। विज्ञान, प्रविधि र सार्वजनिक नीति अध्ययन संस्थानका निर्देशक वैदिक ज्ञानको सदुपयोग गर्न सकेन संसारलाई नेतृत्व गर्ने क्षमता विकास गर्न नेपालका लागि टाढाको कुरा नभएको उल्लेख गरे।

विश्वलाई पूर्णरूपमा स्वस्थ बनाएर विश्वमा शान्ति स्थापना गर्न सकिन्छ भन्ने कुरा महर्षि योगीले पनि भनेको कुरालाई आफूहरूले पटकपटक दोहोर्‍याउँदै आएको बताए।

अमेरिकास्थित महर्षि इन्टरनेसन युनिभर्सिटीका अध्यक्षसमेत रहेका डा हेगलिनले वैदिक प्रणाली र आधुनिक वैज्ञानिक प्रणालीमा आधारित शिक्षा दिनका लागि आफूहरूले विश्वविद्यालय सञ्चालन गरिरहेको बतँए।

‘एमआईयू पश्चिमा जगतमा वैदिक ज्ञानको केन्द्रबिन्दु बनेको छ। अमेरिका र विश्वका मेडिकल डाक्टरहरू आयुर्वेद अध्ययनका लागि एमआईयूमा आउने गरेका छन्,’ उनले भने, ‘गत महिना मात्र अमेरिकी मेडिकल असोसिएसनले आयुर्वेदलाई मान्यता दिएको छ। एमआईयू नभएको भए यो काम पूरा हुने थिएन।’

एमआईयूमा सबै किसिमका योग, संस्कृत, वास्तुविद्यालगायतका वैदिक प्रणालीअनुसारका विषय अध्ययनअध्यापन र अनुसन्धान हुने बताए। ‘संसारको स्वास्थका लागि आयुर्वेद महत्वपूर्ण छ,’ उनले भने।

क्वान्टम फिजिक्सका अध्येता डा हेगलिनले आयुर्वेद र भौतिकशास्त्रका समानता पनि केलाएका थिए। कार्यक्रममा वैदिक ज्ञानप्रणालीमा रहेर विभिन्न क्षेत्रका काम गरिरहेका व्यक्तित्वले वैदिक ज्ञान, योग र यज्ञादिका विषयमा धारणा प्रस्तुत गरेका थिए। हेगलिन इन्टरनेसनल सेन्टर फर इन्भिन्सिबल डिफेन्सका कार्यकारी निर्देशकसमेत छन्।

महायज्ञमा १ हजार १११ जनाले रुद्रिपाठपारायण गर्न सुरु गरेका छन्। कार्यक्रम कात्तिक २५ गते समापन हुने फाउन्डेसनका अध्यक्ष दीपक बास्कोटाले जानकारी दिए।

प्रकाशित: २०८१ कार्तिक २२ गते बिहिबार ०६:२१
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना