२०८३ कार्तिक १८ गते मङ्गलबार

रवि पक्राउविरुद्धको आन्दोलन ‘सशक्त’ बनाउने रास्वपाको निर्णय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २४
rsp

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने भएको छ। दोस्रो चरणमा ‘संयुक्त सशक्त’ आन्दोलन गरिने पार्टीले जनाएको छ।

शनिबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकबाट विभिन्न तीन निर्णय गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

‘राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध साथै साझा राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आमनेपाली जनतामा हार्दिक आह्वान गर्ने’ बैठकको निर्णयमा उल्लेख छ।

दोस्रो चरणको आन्दोलनको मिति भने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छैन।

लामिछानेविरुद्ध गरिएको कारबाहीलाई रास्वपाले राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर समेत गरेको छ। उक्त कार्यको भर्त्सना गरिएको छ।

‘यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ,’ निर्णयमा भनिएको छ।

लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ। उनलाई यही कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो।

यस्तै, सहकारी नियमनको अवस्था यकिन गरी कार्ययोजना बनाएर पीडितको सरोकारबमोजिम बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमको अगुवाइ गर्ने निर्णय गरिएको छ।

स्थानीय जनजीविकाका समस्या, राजनीतिक प्रतिशोध, बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध जागृति फैलाउने अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको झाले जानकारी दिए।

प्रकाशित: २०८१ कार्तिक २४ गते शनिवार ०७:५७
प्रतिक्रिया

थप समाचार

नेपाल पुनर्बीमामा सरकारको लगानी थपिने, हकप्रद सेयरमा रकम जुटाउन बाटो खुल्यो

काठमाडौँः नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप लगानी गर्ने भएको छ। कम्पनीले जारी गर्ने हकप्रद सेयरमा सरकारको तर्फबाट लगानी गर्न मन्त्रिपरिषद्ले सहमति दिएको हो। कात्तिक १७ गते...

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना