२०८३ कार्तिक १२ गते बुधबार

जेठमा चार फिल्म हलमा आउँदै

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ३१
films_jeth

काठमाडौँ- व्यवसायका हिसाबले फड्को मार्न नसके पनि नेपाली फिल्म निर्माण पछिल्लो समय उत्साहजनक भइरहेको छ। वैशाख २९ गते रिलिज भएको फिल्म ‘हल्कारा’ सम्म आइपुग्दा वैशाख महिनामा ८ वटा फिल्म दर्शकमाझ आएका छन्। वैशाखमा ‘बिहे पास’, ‘बुलाकी’, ‘जारी’, ‘नाई नभन्नु ल-६’, ‘कैदीको पत्र’, ‘प्रसाद-२’, ‘आई एम ट्वान्टी वान’ र ‘हल्कारा’ फिल्म रिलिज भए।

हालसम्मको रिलिज क्यालेन्डरअनुसार जेठमा ४ फिल्म मात्र आउने देखिएको छ। ती फिल्म हुन् ‘डाकिनी’, ‘ए साथी सुन’, ‘टुल्की’ र ‘हुक्का : एन एब्सर्ड ड्रिम’।

चलचित्र निर्माता संघअनुसार यी फिल्म जेठको प्रत्येक साता एकएक गरी प्रदर्शनमा आउन लागेका भने होइनन्। चारमध्ये ‘डाकिनी’ र ‘ए साथी सुन’ जेठको पहिलो साता एकसाथ प्रदर्शनमा आउँदैछन् भने ‘टुल्की’ र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ दोस्रो साता एक अर्कोसँग भिड्दैछन्।

यो वर्षको सुरुवातमा उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको फिल्म ‘जारी’ले राम्रो व्यापार गर्‍यो। फिल्म अहिले पनि हलमा चलिरहेको छ र दर्शकको राम्रो साथ पाइरहेको छ।

वैशाखामा प्रदर्शनमा आएका ‘जारी’बाहेकले राम्रो व्यापार गर्न सकेनन्। झन्डै १७ करोडको व्यापार गरिसकेको जारीले सबै फिल्मलाई पछि मात्र पारेन, फराकिलो अन्तरको व्यापार गर्‍यो।

जेठमा रिलिज चारै फिल्म नयाँ कथामा बनेका छन्। फिल्म ‘डाकिनी’ बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवीका प्रशस्तै मिथक र दन्त्यकथा छन्, त्यस मध्येकै कथामा निर्माण भएको फिल्म हो। विश्वका प्रख्यात फेस्टिभलको चक्र पुरा गरेपछि नेपालमा रिलिज हुन लागेको यो फिल्मको अङग्रेजी नाम ‘लुकिङ फर अ लेडि विथ फ्याक्स एण्ड मुस्टाच’ नाम दिइएको छ।

६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको यो फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेल छन्।

फिल्म ‘ए साथी सुन’ लभस्टेरी, थ्रिलर तथा कमेडी विधाको फिल्म हो। रमेश बानियाँ, अभिनेत्री वर्षा शिवाकोटी, आर्यन खड्का, सुशील पोखरेल, जयनन्द लामा लगायतको अभिनय रहेको फिल्म इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा बिना कार्की र सन्तोषकुमार राईले बनाएका हुन्।

‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित फिल्म हो। द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण भएको फिल्म निर्माता शेखर लामा हुन्। देव थापाको निर्देशन रहेको फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायतका कलाकारको अभिनय छ।

‘हुक्काः एन एब्डर्स ड्रिम’ सामाजिक विषयमा निर्माण भएको फिल्म हो। स्पाइनी ब्याब्लर क्रियसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निमार्ण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ। यसमा प्रमिला खनाल, सन्तोकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारहरुका कलाकारको अभिनय छ। रेश्मा प्रधान सह निर्माता, पार्वती थापा, सुशील गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्।

प्रकाशित: २०८० बैशाख ३१ गते आईतबार ११:१४
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना