२०८३ साउन १३ गते बुधबार

जेठमा चार फिल्म हलमा आउँदै

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ३१
films_jeth

काठमाडौँ- व्यवसायका हिसाबले फड्को मार्न नसके पनि नेपाली फिल्म निर्माण पछिल्लो समय उत्साहजनक भइरहेको छ। वैशाख २९ गते रिलिज भएको फिल्म ‘हल्कारा’ सम्म आइपुग्दा वैशाख महिनामा ८ वटा फिल्म दर्शकमाझ आएका छन्। वैशाखमा ‘बिहे पास’, ‘बुलाकी’, ‘जारी’, ‘नाई नभन्नु ल-६’, ‘कैदीको पत्र’, ‘प्रसाद-२’, ‘आई एम ट्वान्टी वान’ र ‘हल्कारा’ फिल्म रिलिज भए।

हालसम्मको रिलिज क्यालेन्डरअनुसार जेठमा ४ फिल्म मात्र आउने देखिएको छ। ती फिल्म हुन् ‘डाकिनी’, ‘ए साथी सुन’, ‘टुल्की’ र ‘हुक्का : एन एब्सर्ड ड्रिम’।

चलचित्र निर्माता संघअनुसार यी फिल्म जेठको प्रत्येक साता एकएक गरी प्रदर्शनमा आउन लागेका भने होइनन्। चारमध्ये ‘डाकिनी’ र ‘ए साथी सुन’ जेठको पहिलो साता एकसाथ प्रदर्शनमा आउँदैछन् भने ‘टुल्की’ र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ दोस्रो साता एक अर्कोसँग भिड्दैछन्।

यो वर्षको सुरुवातमा उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको फिल्म ‘जारी’ले राम्रो व्यापार गर्‍यो। फिल्म अहिले पनि हलमा चलिरहेको छ र दर्शकको राम्रो साथ पाइरहेको छ।

वैशाखामा प्रदर्शनमा आएका ‘जारी’बाहेकले राम्रो व्यापार गर्न सकेनन्। झन्डै १७ करोडको व्यापार गरिसकेको जारीले सबै फिल्मलाई पछि मात्र पारेन, फराकिलो अन्तरको व्यापार गर्‍यो।

जेठमा रिलिज चारै फिल्म नयाँ कथामा बनेका छन्। फिल्म ‘डाकिनी’ बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवीका प्रशस्तै मिथक र दन्त्यकथा छन्, त्यस मध्येकै कथामा निर्माण भएको फिल्म हो। विश्वका प्रख्यात फेस्टिभलको चक्र पुरा गरेपछि नेपालमा रिलिज हुन लागेको यो फिल्मको अङग्रेजी नाम ‘लुकिङ फर अ लेडि विथ फ्याक्स एण्ड मुस्टाच’ नाम दिइएको छ।

६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको यो फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेल छन्।

फिल्म ‘ए साथी सुन’ लभस्टेरी, थ्रिलर तथा कमेडी विधाको फिल्म हो। रमेश बानियाँ, अभिनेत्री वर्षा शिवाकोटी, आर्यन खड्का, सुशील पोखरेल, जयनन्द लामा लगायतको अभिनय रहेको फिल्म इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा बिना कार्की र सन्तोषकुमार राईले बनाएका हुन्।

‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित फिल्म हो। द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण भएको फिल्म निर्माता शेखर लामा हुन्। देव थापाको निर्देशन रहेको फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायतका कलाकारको अभिनय छ।

‘हुक्काः एन एब्डर्स ड्रिम’ सामाजिक विषयमा निर्माण भएको फिल्म हो। स्पाइनी ब्याब्लर क्रियसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निमार्ण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ। यसमा प्रमिला खनाल, सन्तोकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारहरुका कलाकारको अभिनय छ। रेश्मा प्रधान सह निर्माता, पार्वती थापा, सुशील गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्।

प्रकाशित: २०८० बैशाख ३१ गते आईतबार ११:१४
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना