२०८३ कार्तिक १८ गते मङ्गलबार

इन्टलेक्चुअल मोरन ब्यान्डले ल्यायो सन्देशमूलक रक गीत ‘रक्सी’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २४
36d85ac0-0bc7-40fd-be09-42216342d4e1

काठमाडौं- इन्टलेक्चुअल मोरन ब्यान्डको नयाँ रक गीत ‘रक्सी’ युट्युवमा सार्वजनिक भएको छ। दीपेन गुरुङको शब्द तथा स्वर रहेको गीतमा चर्चित गिटारिस्ट शरद श्रेष्ठको गिटार सुन्न सकिन्छ।

हङकङको फन्की मंकी बारमा हलोइन र नेपालमा लक्ष्मी पूजाको अवसर पारेर यो गीतको प्रिमियर गरिएको थियो।

गीतको ड्रिम्समा सम्राट मानन्धर र बेसमा संजीव श्रेष्ठले साथ दिएका छन्। गीतको भिडिओमा शरद स्वयम्ले अभिनय गरेका छन्। भिडिओलाई जेम्स लामाले निर्देशन गरेका छन्।

गीतले रक्सीले जीवनमा पार्ने असर र त्यसबाट मुक्त हुन सन्देश दिन्छ।

ब्यान्डका गायक तथा गीतकार दीपेनले सात वर्षअघि मात्र रक्सी छाडेका थिए। त्यतिबेला उनले यो गीत रचेका थिए। सन् २००० को दशकतिर रक संगीतको जुन वर्चस्व थियो। दीपेनले त्यो घटेको पाए। त्यसैले उनी केही नयाँ जमर्को गरिरहेका थिए। शरदसंग सल्लाह गरेपछि यो गीत तयार पारेको उनले बताए।

शरद अहिले ‘श्री ३’ र ‘टम्बलवीड’ ब्यान्डमा व्यस्त छन्। दिपेन भने हङकङमा ‘फंकी मंकी’ बार सन्चालन गर्छन्।

इन्टलेक्चुअल मोरन ब्यान्ड २०१० मा हङकङमा गठन भएको थियो। यो ब्यान्ड गिटारिस्ट शरद र दीपेन मिलेर सुरु गरेका थिए।

यो ब्यान्डले पोली युनिभर्सिटी म्युजिक शोमा नेपाललाई प्रतिनिधित्व गर्दै आफ्नो प्रस्तुति दिएको थियो। यो म्युजिक शो हङकङको प्रमुख सांगीतिक मञ्चमध्ये एक मानिन्छ।

मोरन ब्यान्डले हङकङको हार्ड रक क्याफे, द वाञ्च जस्ता विभिन्न चर्चित लाइभ म्युजिक बार र अन्डरग्राउन्ड शोहरूमा पनि आफ्नो प्रस्तुति दिइसकेको छ।

प्रकाशित: २०८१ कार्तिक २४ गते शनिवार १२:२१
प्रतिक्रिया

थप समाचार

दशैँमा किन चलेनन् नेपाली फिल्म? सिक्वेलले पनि तानेनन् दर्शक

दशैँको बिदा र चर्चित फिल्मका सिक्वेलले समेत दर्शकलाई हलसम्म किन तान्न सकेनन्?

कबड्डी ५ ले ९ दिनमा कमायो १० करोड बढी

काठमाडौँ: गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ। दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कमजोर देखिँदा टीकाको भोलिपल्टदेखि...

इतिहास बनाएको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’अब डिगोमा

काठमाडौँ: एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ। २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड...

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना