चन्द्रपुर- रौतहट र मकवानपुरको सीमानामा अज्ञात समूहको गोली लागेर एक विद्यालयका प्रधानाध्यापक घाइते भएका छन्।
चन्द्रपुर नगरपालिका वडा नम्बर-१ स्थित मकवानपुरसँगको सीमामा अज्ञात समूहले गोली हानेको हो।
घटनामा घाइते हुने व्यक्ति मकवानपुरको हात्ती सुने माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम लामा छन्।
चन्द्रपुरबाट मकवानपुरको राईगाउँ जाने सडकमा प्रधानाध्यापक लामामाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो।
गोलीले उनको दाहिने गालामा चोट लागेको र थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको स्थानीय बासिन्दा समिर बाबु कार्कीले बताएका छन्।
घटनास्थलमा अहिले अनुसन्धानका लागि पौराही प्रहरी चौकीका सहायक निरीक्षक कुन्दन सिंहको नेतृत्वमा प्रहरी टोली खटाइएको छ।
