काठमाडौँ- भ्रष्टाचारको विरोध गर्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ सडकमा ओर्लिएको छ। आफ्नै दलका नेता बालकृष्ण खाणलगायतका नेताहरू नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेको तर उनीहरूलाई पार्टीले कारबाही नगरेको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन्।
नेविसंघको विरोधमा एमाले सचिव टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गर्न माग गरिएको छ। यस्तो यो प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उनीहरूले कैदीको ड्रेसमा प्रदर्शन गरे।
‘अब त अत्ति भयो’, ‘सभापतिज्यू खाणलाई किन निलम्बन नगरेको?’, ‘भ्रष्टाचार देशद्रोह हो’, ‘टोपबहादुर रायमाझी कता हरायो?’लगायतका प्लेकार्ड बोकेर नाराबाजी गर्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीले विरोध गरेका हुन्।












