काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे कांग्रेस र एमालेका नेताहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्रका संसदीय दलका नेता र प्रमुख सचेतकहरू सहभागी थिए।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक रमेश लेखक, उपप्रधानमन्त्रीसमेत रहेका पूर्णबहादुर खड्का एमालेबाट अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली र उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हितबहादुर पाण्डे सहभागी थिए।
‘संसदको प्रभावकारिता, आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेर ३ ठूला दलका नेता र प्रमुख सचेतकहरू बालुवाटारमा छलफल भएको हो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
त्यसअघि देउवा, ओली र दाहाल छुट्टै बसेका थिए। उनीहरुबीच संसदका काम प्रभावकारी बनाउने विषयमा छलफल भएको दाबी प्रधानमन्त्री सचिवालयले गरेको छ।


