२०८३ कार्तिक ११ गते मङ्गलबार

पाकिस्तानी पूर्वप्रधानमन्त्री खान पक्राउ परेपछि चर्कँदैछ विरोध

 |  Untitled
Sanket

Untitled

लाहोर, जेठ १
Pakistan_Imran_Khan

लाहोर (पाकिस्तान)- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशव्यापी ‘स्वतन्त्रता’ प्रदर्शनका लागि आह्वान गरेका छन्। यसै साता आफ्नो संक्षिप्त गिरफ्तारी र हिरासतले देशव्यापी अशान्ति भएपछि अदालतको आदेशमा उनलाई रिहा गरिएको थियो।

गत वर्ष अप्रिलमा सत्ताबाट हटेपछि दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका क्रिकेट सुपरस्टारसमेत रहेका खानको पक्राउलाई सर्वोच्च अदालतले ‘गैरकानुनी’ ठहर गरेपछि उनलाई शुक्रबार जमानतमा रिहा गरिएको थियो।

गिरफ्तारीबाट आक्रोशित समर्थकहरूले सरकारी भवनहरूमा आगजनी गरेका थिए भने सडकहरू अवरुद्ध गरेका थिए। उनीहरूले सेनाको सम्पत्तिमा क्षतिसमेत पुर्‍याएका थिए। ‘स्वतन्त्रता सजिलै आउँदैन। हामीले त्यसलाई खोस्नु पर्छ। यसका लागि सबैले त्याग गर्नुपर्छ,’ शनिबार राति युट्युबमा प्रसारण गरिएको सम्बोधनमा उनले भने।

उनले समर्थकहरूलाई आइतबार साँझ स्थानीय समयानुसार ५:०० बजे एक घण्टाका लागि देशभरका ‘आफ्ना सडक र गाउँहरूको चोकमा’ विरोध प्रदर्शन गर्न आह्वान गरेको थियो। पाकिस्तानमा ५ दिनसम्म चलेको कोलाहलपछि आइतबार बिहान शान्त रहेको थियो। खानले तत्काल चुनावका लागि बुधबार नै चुनावी अभियानमा फर्कने प्रतिबद्धता जनाएका थिए। महिनौंदेखि पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका नेताले सेनाविरुद्ध अवज्ञाको अभियान चलाइरहेका छन्।

गत वर्ष आफूविरुद्ध भएको हत्याप्रयासमा वरिष्ठ अधिकारीको संलग्नता रहेको बताएको केही घण्टापछि गत मङ्गलबार उहाँलाई पक्राउ गरिएको हो। पाकिस्तानको शक्तिशाली सेनाले आफ्नो ७५ वर्षको इतिहासको लगभग आधा भाग देशमाथि प्रत्यक्ष रूपमा शासन गरेको छ र राजनीतिक प्रणालीमाथि शक्ति प्रयोग गरिरहेको छ।

‘सेना प्रमुखको कदमले हाम्रो सेनालाई नराम्रो बनाएको छ। यो उहाँको कारणले हो, मेरो कारणले होइन,’ खानले लाहोरस्थित आफ्नो घरबाट गरेको सम्बोधनमा भने, ‘यद्यपि उहाँले सेवारत प्रमुखलाई सङ्केत गर्नुभएको हो वा उहाँका पूर्ववर्तीलाई यो स्पष्ट गरिएको छैन।’ पूर्वप्रधानमन्त्री खानले आफ्नो बर्खास्तीको लागि सेनाको भूमिकामाथि प्रश्न उठाएका थिए।

यसअघि उनले पत्रकारसँग कुरा गर्दै आफूलाई पक्राउ गर्नुमा ‘एक व्यक्ति, सेना प्रमुख’ को हात रहेको बताएका थिए। तर खानले प्रदर्शनमा सेनाका प्रतिष्ठानहरूमाथि भएको आक्रमणबाट आफूलाई टाढा राख्दै आफ्नो पार्टीका कार्यकर्ताहरू संलग्न रहेको अस्वीकार गरे। उनले हिंसाको स्वतन्त्र अनुसन्धानको माग गरे। खानले लगाएको आरोपको खण्डन गर्दै आएको सेनाले शनिबार संस्थाविरुद्ध ‘गलत धारणा’ सिर्जना गर्ने प्रयासविरुद्ध चेतावनी दिएको छ।

यस हप्ता भएको हिंसामा परी कम्तीमा १० जनाको मृत्यु भएको प्रहरी र अस्पतालले जनाएका छन्। पञ्जाव र खैबर पख्तुनख्वा प्रान्तमा सयौं प्रहरी अधिकारी घाइते हुनुका साथै चार हजारभन्दा बढीलाई हिरासतमा लिइएको अधिकारीहरुले बताएका छन्। खानका एक वकिलका अनुसार प्रदर्शन सुरु भएयता पीटीआईका कम्तीमा १० जना वरिष्ठ नेतालाई पक्राउ गरिएको छ।

प्रकाशित: २०८० जेठ १ गते सोमबार ०८:३३
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना