२०८३ साउन १३ गते बुधबार

सेयर बजारमा राजनीतिक उतारचढावले असर पर्छ

 |  रिषभ गौतम
Sanket

रिषभ गौतम

काठमाडौँ, मङ्सिर १२
rishab_gautam

काठमाडौँ- हालैका दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमै तरङ्ग ल्याउने घटनाका रुपमा अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पुनरोदय चर्चामा छ। अक्सर एकचोटि हारेपछि पुनः नदोहोर्‍याउने एक सय ३० वर्षे अमेरिकी इतिहासलाई ब्रेक गर्दै डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका लागि विजयी हुँदै गर्दा अमेरिकी शेयर बजारमा उछाल आयो।

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरोदयसँगै अमेरिकाको मात्र होइन, युरोप र एसियाका पनि कतिपय देशको शेयर बजारमा समेत सकारात्मक प्रभाव परेका समाचारहरु अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा छाए। त्यति मात्र होइन, अमेरिकी राष्ट्रपतिमा ट्रम्पको उदयसँगै डलर र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ।

विश्वमा प्रजातान्त्रिक पुँजीवादको उच्चतम अभ्यास गरिरहेको अमेरिकामा अर्बपति व्यक्तित्व ट्रम्पको पुनरोदयले संसारभर कस्तो प्रभाव रहला भनेर अहिले सर्वव्यापी बहस भइरहेका छ। अमेरिकामा ट्रम्पको उदयले नेपाललाई कस्तो प्रभाव पार्ला भनेर नेपालमा पनि सानोतिनो बहस भइरहेको छ।

वास्तवमा अमेरिकी पुँजीवाद र खुल्ला समाज बुझ्न ट्रम्पको व्यक्तित्व, चरित्र र स्वभाव बुझे पुग्छ। व्यक्तित्व नै पुँजीवादी दर्सिने नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई शेयर बजारले भव्य स्वागत गरेको देखिन्छ। राजनीति र शेयर बजारको सम्बन्ध दर्साउन हालैको अमेरिकी चुनाव र त्यसको परिणाम एउटा दरिलो उदाहरण हुनसक्छ।

राजनीतिले जहिल्यै शेयर बजारलाई असर गर्ने सम्भावना हुन्छ। यो तथ्य शेयर बजारमा व्यावसायिक हिसाबले लाग्नेहरुलाई मात्र होइन, अब त नेपालमै पनि सामान्य लगानीकर्ताहरुलाई समेत थाहा भइसकेको छ। तर राजनीतिक उतारचढावले शेयर बजारलाई कुन हदसम्म र कति समयसम्म असर गर्ने सम्भावना हुन्छ भन्ने कुरा बेग्लै हो।

खासगरी राजनीतिक दलहरु विभिन्न सिद्धान्त बोकर अस्तित्वमा हुन्छन्। जस्तो कि कोही कम्युनिष्ट विचारधारा बोकेर अस्तित्वमा छन् त कोही उदार तथा प्रजातान्त्रिक विचार बोकेका हुन्छन् भने कतिपय दलहरु अलिअलि उदार र अलअलि नियन्त्रित विचारधाराको पक्षपोषक हुन्छन्।

त्यसकारण विभिन्न विचारधारा बोकेका राजनीतिक दलहरुले सतहमा गर्ने गतिविधि, राजनीतिक उतारचढाव, सत्ता फेरबदल तथा फेरबदल हुने खालका सङ्केत तथा गतिविधि, त्यस खालका समाचारहरुले शेयर बजारमा प्रभाव पार्दछ, जसले बजारलाई बढाउने तथा घटाउने गर्दछ।

अलगअलग विचारधारा बोकेका राजनीतिक दलहरु सरकारमा हाबी हुँदा उनीहरुले ल्याउने नियमन र कानुनहरुले कम्पनीहरुमा प्रभाव पार्छ। फलतः शेयर बजारमा असर गर्दछ। खासगरी राजनीतिका कारण आर्थिक र व्यापारिक वातावरणलाई प्रभाव पार्ने सबैजसो समाचारहरु शेयर बजारका लागि उत्तिकै महत्वपूर्ण हुन्छन्। यसले अप्रत्यक्ष रुपमा बजारमा प्रभाव राख्दछ। जस्तो कि अघिल्लो महिना खुलेको शेयर बजारले क्रमशः हरियो यात्रा तय गर्दै थियो।

लगत्तै राजनीतिमा पछिल्ला वर्षहरुमा एकाएक उदाएका रास्वपाका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने सहकारी ठगी आरोपको अनुसन्धानको लागि प्रहरीद्वारा समातिएपछि रास्वपाका नेता कार्यक्रर्ता, समर्थकहरुले त्यसको विरोधमा सडकमा नाराबाजी गरे। फलस्वरुप दुई दिनमै शेयर बजार ६० अङ्क हाराहारी घट्यो। यसरी दसैँ बिदापछि खुलेको शेयर बजार घट्नुपर्ने अन्य कारण नभएको विश्लेषकहरु बताउँछन्।

राजनीतिमा आउने सामान्य तरङ्गले पनि बजार घट्ने–बढ्ने गरेको देखिन्छ। शेयर बजारका लागि लचिलो मानिएका र शेयर बजारमैत्री भनेर चिनिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता विष्णु पौडेललाई बजारले जहिल्यै स्वागत गरिरहेको छ। अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेको संयुक्त सरकारले आफ्नो सय दिने कार्य प्रगति सार्वजनिक गरिसकेको छ। उसले आफनो प्रगति विवरणमा लामो समय गिरेको शेयर बजार लयमा फर्किएको बताएको छ।

हुन पनि वर्तमान सरकार गठन भएसँगै दुई हजार अङ्कको सेरोफेरोमा रुमलिएको नेप्से परिसूचकले उचाइ भरेर साउन अन्तिम साता तीन हजार अङ्कसम्म छोएको थियो। पौडेल अर्थमन्त्री भएपछि आएको मौद्रिक नीतिको लचकताले डेढ महिनामै बजारले करिब एक हजार अङ्कको फड्को मारेको थियो।

बीचमा बाढीपहिरो लगायतको प्राकृतिक विपत्तिले निर्माणाधीन केही जलविद्युत् आयोजना तथा भौतिक पूर्वाधारमा भएको नोक्सानीले बजार केही घटेर दुई हजार सात सय अङ्कभन्दा थोरै माथि आएर बसेको अवस्था छ। त्यसरी नयाँ सरकार बनेको थोरै अवधिमा बजारले ठूलो वृद्धि हासिल गर्नु अरू कारणभन्दा पनि राजनीतिक कारण नै हो भन्न सकिन्छ।

खासगरी नेपाली कांग्रेस, नेकपा (एमाले) जस्ता पार्टीहरु पुराना, उदार अर्थतन्त्रको पक्षपोषक भएकाले बजारले उनीहरुलाई विश्वास गरेको देखिन्छ। नेकपा (माओवादी) लगायत पार्टीहरु पनि पछिल्लो समय शेयर बजारप्रति लचक नै देखिन्छन्।

उनीहरुले पनि शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेर्न थालेका छन्। बजार बढाउने प्रयास उनीहरुको नेतृत्वमा पनि भएका हुन्। यसरी साना ठूला राजनीतिक घटनाक्रम र नियुक्तिहरुले पनि शेयर बजारलाई सकारात्मक तथा नकारात्मक असर गरिरहेका हुन्छन्। लगानीकर्ताहरुको मनोभावना नै त्यस्ता घटनाक्रमबाट तीव्र चञ्चल हुन्छ। यस्तो अवस्था नेपालमा मात्र नभएर विश्वभर नै भइरहेको पाइन्छ।

छिमेकी भारतमा पनि आर्थिक विकास र वित्तीय स्थिरताका लागि विश्वासी ठानिएका नरेन्द्र मोदी प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल सुरु भएसँगै त्यहाँको शेयर बजार उकालो लागिरहेको छ। भारतीय शेयर बजारले अहिले नयाँनयाँ ‘रेकर्ड ब्रेक’ गरिरहेको छ।

गत २३ अक्टोबर २०२४ भारतीय शेयर कोरोबार सेन्सेक्स ८० हजार ८१ बिन्दुमा पुगिसकेको छ। जबकि मोदीको तेस्रो कार्यकाल सुरु हुनुअघिको चुनावी प्रचारप्रसारको क्रममा विभिन्न हल्लाका कारण शेयर बजार ‘सेन्सेक्स’ ह्वात्तै घटेको थियो।

यसरी संसारभर नै राजनीतिक उतारचढावले शेयर बजारलाई धेरै हदसम्म असर गर्दै आएको छ। तर त्यस्तो असरको आयु भने छोटो पनि हुने हुन्छ। मूल कुरा व्यावसायिक वातावरण र कम्पनीहरुले गर्ने आर्थिक अनुशासन, प्रगति, उन्नति नै बजार बढ्ने आधार हुन्। तर एकाथरी ठूला र कुटिल लगानीकर्ताहरु यस्तै राजनीतिक समस्याहरुलाई लिएर कोकोहोलो मच्चाउन तल्लीन हुन्छन्। मिडियाहरु समेत प्रयोग गरेर अनर्गल हल्ला गर्छन् र बजार घटाउने वा बढाउने गरेर आफ्नो स्वार्थ पूरा गर्छन्।

राजनीतिको आडमा बजार घटाएर किन्छन् भने फेरि राजनीतिक घट्नाक्रमकै आडमा बजार बढाएर आफ्ना शेयरहरु बेच्छन्। त्यस्तोमा सोझा लगानीकर्ताहरु पछि पर्छन्। त्यसतर्फ शेयर बजारका लगानीकर्ताहरु सजग हुनुपर्छ।

राजनीतिमा हुने अस्थिरताका कारण सरकारको आर्थिक नीति, मौद्रिक नीति, सार्वजनिक खर्च, करको दर, कानुनी व्यवस्थामा फेरबदल आउन सक्छन्। जसको कारण शेयर बजारमा उतारचढावको अवस्था सिर्जना हुन्छ। त्यसकारण पनि राजनीतिक अस्थिरता शेयर बजारका लागि घातक हुन्छ। तर पनि शेयर बजारका लागि राजनीतिक घटनाक्रमले बजारमा छोटो अवधिका लागि अस्थिरता निम्त्याउँछ। नयाँ आउने लगानीकर्ताहरुलाई हतोत्साही बनाउँछ। बजारप्रति नकारात्मक मनोवृत्ति सिर्जना गर्दछ।

शेयर बजारलाई दीर्घकालमा प्रभावित तुल्याउने भनेको आर्थिक तत्वहरु, व्यावसायिक वातावरण, आर्थिक नीतिहरु, आर्थिक ऐनहरुले हो। ती कुराहरु पनि राजनीतिसँग नै जोडिएका छन्। त्यसकारण पनि राजनीति र शेयर बजारको सम्बन्ध अधिकतम हुन्छ। तर त्यो जटिलसमेत हुने गर्दछ।

राजनीति सही दिशामा हिँड्दा शेयर बजारमा पनि त्यसको सकारात्मक प्रभाव पर्दछ। शेयर बजारमा मात्र होइन, राजनीतिक सही बाटोमा हिँडे देशका सबै क्षेत्र प्रगतिपथमा हिँड्नेछ। त्यो इतिहासको घटनाक्रम, विश्व घटनाक्रमले देखाएकै छ।

(आर्थिक लेखक तथा विश्लेषक हुन्।)

प्रकाशित: २०८१ मङ्सिर १२ गते बुधबार ०३:१९
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना