काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठूलो रकम ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको छ।
खाणसँग बयान लिनका लागि जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
यो प्रकरणमा खाणसँगै हालसम्म पूर्वउप्रधानमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझीसहित १२ जना पक्राउ परेपनि सोमबार खाणलाई मात्र सरकारी वकिलको कार्यालय पुर्याइएको हो। खाणसहित बाह्रै जनाविरुद्ध आइतबार थप ४ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीले अनुमति पाएको छ।
वैशाख २१ गते रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि वैशाख ३१ गते साँझ मात्र उनी पक्राउ परेका छन्।









