काठमाडौँ- एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ।
शुक्रबार संयुक्त अब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो।
नेपालले टस जितेर पहिले बलिङ गर्दा श्रीलंकाले २३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले ४६ ओभरमा १७८ रन मात्रै बनाउन सकेको हो।
नेपालका लागि मयन यादवले ६२ रन, आकाश त्रिपाठीले १९ र उत्तम मगरले १७ रन बनाए।
श्रीलंकाका शारूजान शानमुगनाथनले सर्वाधिक ६२ रन बनाए। ९९ बल खेलेका उनले २ चौका मात्रै हाने।
लाकभिङ अवेयसिंघेले ५० रन बनाए। उनले ५३ बलमा २ चौका र १ छक्का हाने।
कभिजा जमेजले नट आउट ३७ रन बनाए। उनले ४४ बलमा ३ चौका हाने।
तुलनिथ सुगेराले ३१ बलमा ४ चौका हानेर २४ रन बनाए। अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।


