२०८३ कार्तिक १३ गते बिहिबार

घरेलु क्रिकेट महामेलामा खेल र व्यापार सँगसँगै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १५
npl

काठमाडौँ– शनिबार (आज) बाट पुस ६ गतेसम्म नेपाल क्रिकेटमय बन्दैछ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सुरु हुने भएकाले नेपाली क्रिकेटप्रेमीहरु सबै खेलहरुको व्यग्र प्रतिक्षामा छन्। प्रतियोगितालाई क्रिकेट महासंग्रामकै रुपमा लिइएको छ। कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन शुक्रबार अपरान्ह नेपाल आइपुगेसँगै माहोल थप गर्माएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुँदैछ। नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको घरेलु प्रतियोगितामध्ये एनपीएल सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ। २० दिन चल्ने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

लिगमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली छन। प्रतियोगितामा मुलुकका व्यापारिक क्षेत्रको सक्रिय सहभागिताले मुलुकको अर्थतन्त्रमा विशेष भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ड भिड्दैछन्। पहिलो खेल मंसिर १५ गते शनिबार(आज) विराटनगर र जनकपुरबीच दिउँसो १२ः१५ बजे हुनेछ। विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने र जनकपुरका मार्की खेलाडी आसिफ शेख छन्।

उद्घाटन खेलको टिकट भने १२ गते नै बिक्री भइसकेको छ। जसका लागि साधारणको ३ सय र भिआइपी ७ सय रुपैयाँ तोकिएको थियो। मैदानमा भीआइपी र सामान्यतर्फ गरी करिब १२ हजार दर्शक क्षमता रहेको क्यानले जनाएको छ। क्यानका सचिव पारस खड्काले सीमित पूर्वाधारका कारण उद्घाटन खेलको टिकट सकिएको बताएका छन्। घरबाटै खेल हेर्न उनले आग्रह पनि गरेका छन्।

यद्यपि, लिग खेल (एक दिनको) लागि साधारणको तीन सय रुपैंयाँ र भिआइपी पाँच सय रुपैयाँ, प्लेअफको लागि साधारणको पाँच सय र भिआइपी सात सय रुपैयाँ र फाइनल खेलका लागि साधारणको पाँच सय र भिआइपी एक हजार रुपैयाँ टिकटको मुल्य तोकिएको छ।

क्यानले २० दिन खेल संचालन गर्दा कम्तीमा पनि प्रतिदिन ३० लाख उठाउने लक्ष्य राखेकाले टिकट बिक्रीबाट मात्र यो सिजन कुल ६ करोड रूपैयाँ बढी उठाउने लक्ष्य लिएको छ। सचिव खड्काले नेपाली क्रिकेटमा नयाँ सुरुआत भएको र एनपीएललाई विश्वकै उत्कृष्ट लिग बनाउने दाबी समेत गरेका छन्।

क्यानका अनुसार फ्रेन्चाइज टिम किन्नकै लागि तीन करोडसम्म खर्च भएको छ। ८ टिमले टिम लिन मात्र करिब १७ करोड क्यानलाई बुझाएको छ। पोखरा एभेन्जर्सले ३ करोड ५७ लामा फ्रेन्चाइज किनेको थियो। यस्तै कम खर्च गर्नेले पनि एक करोड भन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ।

यस बाहेक मार्की खेलाडीका लागि २० लाख, खेलाडी अक्सनमा गरेको खर्च, विदेशी खेलाडीको खर्च र अन्य खर्च गरेर एक फ्रेन्चाइजले कम्तीमा ७ देखि १० करोडसम्म खर्च गरेका छन्।
तर क्यानले खर्चमा केही कडाइ पनि गरेको जनाएको छ।

कुनैपनि टोलीले अन्धाधुन्ध खर्च नगरून् र प्रतिस्पर्धाको स्तर समान होस् भन्ने उद्देश्यमा साथ क्यानले खर्चमा सीमा तोकेको हो। जसमा खेलाडी अक्सनमा ९० लाख रुपैयाँको सीमा तोकिएको थियो। त्यसमा टोलीले ६३ लाख देखि ८४ लाख रुपैयाँसम्म मात्र खर्च गरेका छन।

त्यसैगरी, क्यानले विदेशी खेलाडी किन्नमा पनि सीमा तोकेको छ। क्यानले विदेशी खेलाडीहरूलाई प्ल्याटिनम, गोल्ड र सिल्भर वर्गमा विभाजन गरी त्यसका लागि पाँच हजारदेखि ५० हजार अमेरिकी डलरसम्म खर्चको सीमा तोकिदिएको छ।

यता, क्यानले एनपीएलको मुख्य प्रायोजकको रुपमा रहेको सिद्धार्थ बैंकसँग पाँच वर्षको लागि सम्झौता गरेको तर, रकम भने खुलाइएको छैन। त्यस्तै लिगलाई एनसेलले पनि प्रायोजन गरिसकेको छ। क्यानले व्यावसायिक अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिलाई ५ करोड ९२ लाख रूपैयाँमा बिक्री गरेको थियो।

क्यानले औपचारिक रुपमा पुरस्कारको राशी सार्वजनिक गरेको छैन तर पुरस्कारमा दुई करोड रुपैयाँ खर्च गर्ने बताइएको छ। नेपाली खेलाडीले लिग सकिएपछि उत्कृष्ट नेपाली खेलाडीले ६२ लाख बराबरको ओमोडा इ ५ कार प्राप्त गर्नेछन्। यसका लागि क्यानले ओमोडा एण्ड जेइकोसँग सम्झौता नै गरेको छ।
एनपिएलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा स्टार स्पोर्ट्स नेटवर्क र युट्युवमा एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ।

क्यानले कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिमा पनि ठूलो रकम खर्च गरेको छ। मैदानमा डिजिटल स्कोर बोर्ड निर्माण गरिएको छ। त्यस्तै पिचको पुनर्निर्माण गरिएको छ भने बाउन्ड्री क्षेत्र बढाइएको छ। दर्शकले यसपालि अस्थायी प्यारापिटमा बस्ने सुविधा पाउने छन् भने मैदानमा प्रवेश गर्नका लागि ६ वटा ’जोन’ छुट्याइएको छ।

एनपीएलमा लिग चरणमा हरेकले एक आपसमा खेल्दा कूल २८ खेल हुनेछ। यस्तै प्लेअफमा क्वालिफाय र रफाइनलसहित थप ४ खेल हुनेछ र कूल ३२ खेल हुनेछ। आठ टोलीका एक एक मार्की खेलाडी (८), अक्सनबाट दश–दश खेलाडी (८०) र ट्यालेन्ट हन्टबाट एक एक आइकोनियक खेलाडी (८) गरी जम्मा ९६ नेपाली खेलाडी रहेका छन। जसमा सहभागी आठ फ्रेन्चाइज टोलीले ३९ विदेशी खेलाडीहरू अनुबन्धित गरिसकेका छन्।

यस्तो छ खेल तालिका
पहिलो खेल मंसिर १५ गते विराटनगर र जनकपुरबीच दिउँसो १२ः१५ बजे हुनेछ। मंसिर १७ गते बिहान ९ः१५ बजे काठमाडौं र चितवन तथा दिउँसो १ः१५ बजे जनकपुर र कर्णालीबीच खेल हुनेछ। मंसिर १८ गते बिहान ९ः१५ बजे सुदूरपश्चिम र विराटनगर तथा दिउँसो १ः१५ बजे चितवन र पोखराबीच प्रतिस्पर्धा हुनेछ।

मंसिर १९ गते बिहान ९ः१५ बजे कर्णाली र काठमाडौं तथा दिउँसो १ः१५ बजे विराटनगर र लुम्बिनीबीच खेल हुनेछ। मंसिर २० गते बिहान ९ः१५ बजे पोखरा र जनकपुर तथा दिउँसो १ः१५ बजे काठमाडौं र सुदूरपश्चिमबीच खेल हुने तालिका छ।

मंसिर २१ गते बिहान ९ः१५ बजे कर्णाली र चितवन तथा दिउँसो १ः१५ बजे लुम्बिनी र पोखराबीच खेल हुनेछ। मंसिर २२ गते बिहान ९ः१५ बजे लुम्बिनी र सुदूरपश्चिम तथा दिउँसो १ः१५ बजे कर्णाली र विराटनगर खेल्नेछन्।

मंसिर २३ गते बिहान ९ः१५ बजे जनकपुर र लुम्बिनी तथा दिउँसो १ः१५ बजे सुदूरपश्चिम र चितवनबीच खेल हुनेछ। मंसिर २४ मा खेल ब्रेक हुनेछ। मंसिर २५ देखि पुनः खेलहरू सुरु भई बिहान ९ः१५ बजे चितवन र लुम्बिनी तथा दिउँसो १ः१५ बजे कर्णाली र पोखराबीच प्रतिस्पर्धा हुनेछ। मंसिर २६ देखि मंसिर ३० सम्म बिहान र दिउँसो खेलहरू हुनेछन।

पुस १ गते बिहान ९ः१५ बजे सुदूरपश्चिम र कर्णालीबीच खेल हुनेछ। पुस २ गते खेल ब्रेक हुनेछ। पुस ३ गते तेस्रो स्थान र चौथो स्थानका टिमहरूबीच बिहान ९ः१५ बजे एलिमिनेटर खेल हुनेछ। सोही दिन दिउँसो १ः१५ बजे पहिलो र दोस्रो स्थानका टिमहरूबीच पहिलो क्वालिफायर खेल हुनेछ। पुस ४ गते दिउँसो १२ः१५ बजे एलिमिनेटर विजेता र पहिलो क्वालिफायर पराजित टिमबीच दोस्रो क्वालिफायर खेल हुनेछ। पुस ५ मा पुनः ब्रेक राखी पुस ६ गते दिउँसो १२ः१५ बजे पहिलो क्वालिफायर विजेता र दोस्रो क्वालिफायर विजेताबीच फाइनल खेल हुनेछ।

कुन टिममा को को र मूल्य कति ?
विराटनगर किंग्समा सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, ओमानका अकिब इल्यास, न्युजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन, स्कटल्यान्डका क्रिस सोल, अफगानिस्तानका इस्मल आलम रहेका छन।

विराटनगर किंग्समा प्रशिक्षकमा आयरल्यान्डका केभिन ओ’ब्राइन रहेका छन। यसको स्वामित्व एमएडी ड्रिम्स स्पोर्ट्स पारस लुनिया, वेन्कटेस मुन्द्राको छ। विराटनगर किंग्सको खरिद मूल्य १ करोड ५१ लाख रूपैयाँ हो।

जनकपुर बोल्ट्समा आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रम्प, इंग्ल्यान्डका बेन माइक, पाकिस्तानका मोहमद मोहसिन, अमेरिकाका लाहिरू मिलन्था र क्यानडाका हर्ष थाकर रहेका छन। यसका लागि प्रशिक्षकमा क्यानडाका पुबुद दसानायके रहेका छन। ड्रिम स्पोर्ट्स प्रालिले स्वामित्व लिएको छ। २ करोड ५ लाख रूपैयाँ खरिद मूल्य हो।

चितवन राइनोजमा कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, इंग्ल्यान्डका रवी बोपारा, अफगानिस्तानका हसन इसाखिल, नामिबियाका जान निकोल लोफ्टी इटन, इंग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाईन र आइकोनिकका , सलाहुद्दिन खान रहेका छन। प्रशिक्षक उमेश पटवाल हुन। १ करोड ७६ लाख १ हजार रूपैयाँ खरिद मूल्य रहेको चितवन राइनोजको स्वामित्व चितवन मेडिकल कलेज (डा हरिस न्यौपाने, आयुष न्यौपाने)को रहेको छ।

काठमाडौं गुर्खाजमा करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, इंग्ल्यान्डका नेथन सोउटर, स्टेफन इस्किनाजी र ड्यान डौथवेट, नेदरल्यान्ड्सका माइकल लेभिट नामिबियाका जेहार्ड एरासमस आइकोनिकका कृष कार्की छन।

प्रशिक्षक बसन्त शाही हुन। खरिद मूल्य ( ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँ रहेको काठमाडौं गुर्खाजको स्वामित्व काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर (कान्तिपुर मिडिया ग्रुप, मेडिसिटी अस्पताल, याक एण्ड यती होटल)को छ।

पोखरा एभेन्जर्समा कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डे लिडे, इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका रेमन राइफर, स्कटल्यान्डका माइकल लिस्क र आइकोनिकका सुदिप आर्याल छन। पोखरा एभेन्जर्समा प्रशिक्षक भारतका राजीव कुमार छन। ३ करोड ५७ लाख रूपैयाँमा टोली खरिद गरेको पोखरा एभेन्जर्सको स्वामित्व नेपाल टी.२० प्रालि (सुवोध त्रिपाठी, मनोवल श्रेष्ठ)को छ।

लुम्बिनी लायन्समा रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द, इंग्ल्यान्डका टम मूर्स, वेस्ट इन्डिजका रेमन सिमन्ड्स, क्यानडाका शाद बिन जफर र आइकोनिकका आरिफ शान रहेका छन। भारत नन्दन फाडनिस प्रशिक्षक हुन। स्वामित्व भने फर्चुना हेल्थ केयर (ईश्वर जिसी)ले लिएको छ। यसको खरिद मूल्य १ करोड ८६ लाख ४ रूपैयाँ हो।

कर्णाली याक्समा सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, भारतका शिखर धवन, हङकङका बाबर हायत, वेस्ट इन्डिजका चाडविक वाल्टन, ओमानका जीशान मक्सुद, आइकोनिकका विपिन शर्मा रहेका छन्। प्रशिक्षक – ज्ञानेन्द्र मल्ल हुन। स्वामित्व हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स (झनकदत्त खनाल, गृहेन्द्र घिमिरे)को छ। खरिद मूल्य १ करोड ११ लाख ७० हजार रूपैयाँ हो।

सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इंग्ल्यान्डका सेफ अलि जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन, युएईका, रोहन मुस्तफा र आइकोनिकमा बसन्त खत्री छन। सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमाटा हुन। एम्पायर स्पोर्ट्स (स्वतन्त्र प्रताप शाह)ले स्वामित्व लिएको छ। खरिद मूल्य १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रूपैयाँ हो।

प्रकाशित: २०८१ मङ्सिर १५ गते शनिवार ०८:३९
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना