नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सका ओपनर शिखर धवन १४ रन बनाएर आउट भएका छन्।
एनपीएलको पहिलो खेलमा भारतीय ओपनिङ ब्याटर धवनले १४ बलमा ३ चौका प्रहार गरे।
उनलाई जनकपुर बोल्ट्सका क्यानेडियन बलर हर्ष थाकेरले पाँचौ ओभरको दोस्रो बलमा बोल्ड गरे।
यससँगै कर्णालीले दुवै ओपनर गुमायो।
त्यसअघि ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा ओपनर देव खनाललाई एक रनमा बोल्ड गरेका थिए।
कर्णालीले चाडविक वाल्टनलाई तेस्रो विकेटको रुपमा आठ रनमा सातौं ओभरमा गुमायो।
अर्को ओभरमा जीशन मक्सुद शून्यमा आउट भए। उनलाई जिमी निशमले एलबिडब्लूको धरापमा पारे। त्यतिबेला कर्णालीले चार विकेटको क्षतिमा ३५ रन मात्र जोडेको थियो।
सोमबार भएको दोस्रो खेलमा कर्णालीले याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन जोड्दै जनकपुरलाई १४२ रनको लक्ष्य दिएको हो।
कर्णालीले अन्तिम दुई ओभरमा ४३ रन जोड्न सफल भयो।
अन्तिम दुई बल बाँकी हुँदा रनआउट भएका अर्जुन घर्तीले २२ बलमा ३३ रन र सोमपाल कामीले १३ बलमा नटआउट २९ रन जोडेका थिए।


