काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई फराकिलो लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदनमा भएको खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा उनको टिमले विराटनगरलाई १८३ रनको लक्ष्य प्रस्तुत गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनाउन सफल भएको हो।
ऐरीले ५७, ब्रान्डन म्याकमुलेनले ३६, विनोद भण्डारीले २३ रन, इशान पाण्डेयले २१,साइफ जाइबले १४, स्कट कुगेलेइनले १० रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्।
बलिङमा अनिल खरेलले ३ विकेट लिए। क्रिस सोल, इस्मत आलम र बसिर अहमदले समान एकएक विकेट लिएका थिए।
सुदूरपश्चिमबाट विराटनगरले पाएको यो लक्ष्य एनपीएलमा हालसम्मकै ठूलो हो।
यसअघि, सोमबारको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १४१ रन बनाएको थियो।
यसअघि विराटनगरले जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो।

















