चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चितवन सरकारी वकिलको कार्यालयले ४ घण्टा बयान लिएको छ।
गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई मंगलबार नै चितवन ल्याएर बयान लिइएको हो।
चितवन जिल्लामा पर्ने साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा उनीमाथि बयान सुरु भएको हो।
स्रोतका अनुसार रविसँग ४ घण्टासम्म बयान लिइएको छ। यद्यपि उनको बयान अझसम्म पनि सकिएको छैन।
अब बुधबार पनि उनको बयान लिने तयारी छ।
चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ।
उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो।
रविलाई चितवन पुर्याउँदा उनका समर्थकले भरतपुरमा विरोध प्रदर्शन गरेका थिए।
